आइतबार, १० चैत २०८१
ताजा लोकप्रिय

मजगैयाँको गजल गीत ‘के छ ओइ सान्नानी’मा सुधिर र उषाको अभिनय

शनिबार, ०९ चैत २०८१, १४ : ३४
शनिबार, ०९ चैत २०८१

काठमाडौं । गीतकार शशि शर्मा मजगैयाँको नयाँ गीत ‘के छ ओइ सान्नानी तिम्रो चालिमाली’ सार्वजनिक गरिएको छ।  प्रेमभावले भरिपूर्ण गीतमा समिक्षा अधिकारी र रूद्र शेखर शर्माको स्वर रहेको छ । 

गीतमा मजगैयाँले आफै सङ्गीत भरेका छन् । गोविन्द अनेकले रेकर्ड गरेको गीतको सङ्गीत संयोजन बिशाल निरौलाले गरेका छन् । समिक्षा पछिल्लो समयकी लोकप्रिय गायिका हुन् भने रुद्र पनि देश विदेशमा रूचाइएका गायक हुन् । गजलकार मजगैयाँको प्रकाशोन्मुख नयाँ एल्बमको लागि यो गजल  रेकर्ड गरिएको मजगैयाँले बताए । एल्बमका लागि अरु गीत तथा गजलहरु पनि रेकर्डको तयारीमा रहेको उनले जानकारी दिए । 

क्रान्ति केसीद्वारा निर्देशित गीतको भिडियो छायांकन अर्जुन तिवारीले गरेका हुन् । ललितपुरको बज्रबाराहिमा छायांकन गरिएको गीतमा अहिलेका चर्चित मोडेलहरू सुधिर श्रेष्ठ र उषा उप्रेतीले अभिनय गरेका छन् ।

गजलकार मजगैयाँका यसअघि केही गीत गजलका एल्बम तथा किताबहरु प्रकशित छन् । उनका केही फुटकर आधुनिक तथा फिल्मी गीतहरु चर्चामा रहे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?