आइतबार, १० चैत २०८१
ताजा लोकप्रिय

धनगढी एफसीले भित्र्यायो ब्राजिलियन विंगर

शनिबार, ०९ चैत २०८१, १३ : ५५
शनिबार, ०९ चैत २०८१

काठमाडौँ । धनगढी एफसीले ‘एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो सिजन, २०२५’ का लागि ब्राजिलियन विंगर सर्जियो बार्बोजालाई अनुबन्ध गरेको छ।  फ्रेन्चाइज फुटबल प्रतियोगिता आगामी चैत्र १६ देखि बैशाख १३ सम्म हुँदैछ ।

धनगढी एफसीका अध्यक्ष सुवास शाहीले भने, ‘हामी सर्जियो बार्बोजालाई हाम्रो टोलीमा स्वागत गर्न पाउँदा अत्यन्तै खुसी छौँ। उनको अनुभव र कौशलले हाम्रो टोलीलाई बलियो बनाउनेछ र समर्थकहरूलाई रोमाञ्चक खेल प्रदर्शन गर्नेछ।’

धनगढी एफसीले यसअघि अहमद हिजाजी,  अफिज ओलावाले, वालिद विररौ र मोहमद एल जाओआनी विदेशी खेलाडी को रूप मा अनुबन्ध गरेको छ। 

सर्जियो बार्बोजाको करियर यात्रा :
● ब्राजिल ः फ्लामेङ्गो यू–२० टोली 
● कोस्टारिका– प्रिमेरा डिभिजन क्लब लिमोन एफसी
● ग्वाटेमाला– कम्युनिकासियोनेस बी टोली
● हन्डुरास– जुतीकाल्पा एफसी
● लाओस– मास्टर ७ एफसी
● कम्बोडिया– प्रेह खान रिच स्वाई रिएङ एफसी
● भारत– मिनर्भा पञ्जाब एफसीमा, दिल्ली एफसी र राजस्थान युनाइटेड एफसी
● माल्टा–  जेइटुन कोरिन्थियन्स एफसी
● संयुक्त राज्य अमेरिका– नोना एफसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?