स्वास्थ्य लाभपछि काममा फर्किए रहमान

हैदरावाद । केही दिनअघि संगीतकार तथा गायक एआर रहमानको स्वास्थ्य बिग्रिएपछि अस्पताल भर्ना गरिएको थियो। तर अब उनी पूर्ण रूपमा ठिक भएका छन् र काममा फर्किरहेका छन्।
यी प्रख्यात संगीतकारले आफ्नो आगामी भ्रमण द वन्डरमेन्टु को घोषणा गरेका हुन्। उत्तर अमेरिकामा उनको भ्रमण १८ जुलाई देखि १७ अगस्ट सम्म चल्नेछ। ओस्कर अवार्ड विजेता रहमानले आफ्नो सामाजिक सञ्जालमा भ्रमण तालिका पोस्ट गर्दै लेखेका छन्, ‘म तपाईँलाई यस गर्मीमा उत्तरी अमेरिकामा आउँदै गरेको ‘द वन्डरमेन्ट टुर’ को मिति प्रस्तुत गर्दैछु, चाँडै भेटौँला।’
गायकले भ्रमणको घोषणा गर्दै एउटा भिडियो पनि पोस्ट गरे, जसले उनका हिट गीतहरूको झलक दिन्छ। उनी यो पनि लेख्छन्, ‘नमस्ते उत्तर अमेरिका, ‘द वन्डरमेन्ट टुर यस गर्मीमा तपाईंको नजिकैको सहरमा आउँदैछ। टिकटहरू शुक्रबार, मार्च २८ बिहान १० बजे बिक्रीमा छन्।’
मार्च १६ को बिहान गायक रहमानको स्वास्थ्य अचानक बिग्रिएको थियो। छातीमा दुखाइ भएपछि उनलाई चेन्नईको अपोलो अस्पतालमा भर्ना गरिएको थियो। ५८ वर्षीय संगीतकारलाई आपत्कालीन वार्डमा राखिएको थियो र उनको ईसीजी पनि गरिएको थियो।
अस्पतालले गायकमा डिहाइड्रेसनको लक्षण देखिएको बताएको थियो। स्वास्थ्य परीक्षणपछि उनलाई डिस्चार्ज गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उमा कुङ्फु संघले मनायो विश्व ताइची तथा छिकुङ दिवस
-
रास्वपाको प्रश्न: पोखरा विमानस्थलमा भएको भ्रष्टाचारमा संलग्नहरूलाई कारबाही गर्ने हिम्मत छ ?
-
फटाहा कुरा गर्ने ‘स्थापित फटाहा’हरु नै हुन् : प्रधानमन्त्री
-
यथार्थपरक नीति तथा कार्यक्रम ल्याउन संसदीय समितिको निर्देशन
-
विश्वकप विजेता ब्राजिलियन टोलीका सदस्य डा कोस्टाको निधन
-
भन्सार र केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकसम्बन्धी प्रतिवेदन सदनमा पेस