आठ महिनामा भित्रियो २१ अर्बको स्मार्टफोन

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को फागुन मसान्तसम्म (८ महिना) मा २१ अर्बभन्दा बढीको स्मार्ट फोन आयात भएको छ । गत वर्षको तुलनामा चालु वर्षमा स्मार्ट फोन आयात बढेको छ ।
गत वर्षको सोही अवधिमा १९ अर्ब ३७ करोड ७७ लाख ६८ हजार रुपैयाँको १२ लाख ४९ हजार ४८१ थान स्मार्टफोन आयात भएको थियो ।
चालु वर्षको ८ महिनामा २१ अर्ब ९१ करोड ८३ लाख ६० हजार रुपैयाँ बराबरको १४लाख ७ हजार ७८ थान स्मार्ट फोन आयात भएको भन्सार विभागले जनाएको छ ।
स्मार्ट फोन आयात बढ्दा राजस्व सङ्कलन पनि बढेको छ । गत वर्षको यसै अवधिमा ३ अर्ब ६० करोड ७५ लाख ३६ हजार रुपैयाँ बराबर राजस्व सङ्कलन भएको थियो । चालु वर्षमाको यस अवधिमा ४ अर्ब ८ करोड ५१ लाख ८३ हजार रुपैयाँ बराबर राजस्व सङ्कलन भएको छ ।
यसैगरी सो अवधिमा १ अर्ब ५२ करोड ५८ लाख ९५ हजार रुपैयाँ बराबरको १६ लाख ९ हजार ९७ थान अन्य टेलिफोनसेट आयात भएको विभागले जनाएको छ । उक्त परिमाणमा टेलिफोन सेट आयात हुँदा २८ करोड ३८ लाख ९३ हजार रुपैयाँ बराबर राजस्व सङ्कलन भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोफ्रा आर्चरलाई ‘कालो ट्याक्सी’ भनेपछि विवादमा तानिए हरभजन सिंह
-
चन्द्रागिरि नगरपालिकामा दिनदहाडै लौखौँको चोरी
-
बालिका बलात्कार गरेको आरोपमा किशोर पक्राउ
-
काठमाडौँसहित देशका विभिन्न स्थानमा सवारी दुर्घटना, सात जनाको मृत्यु
-
प्राधिकरण र निगममा भएको नियुक्ति लेनदेनका विषयमा छानबिन गर्न रास्वपाको माग
-
पर्वत र पाँचथरमा नाबालिगमाथि जबरजस्ती करणी