जलविद्युत क्षेत्रमा थप भारतीय लगानी भित्र्याउने तयारी भइरहेकाे छ : राजदूत शर्मा

नेपालको जलविद्युत क्षेत्रमा थप भारतीय लगानी भित्राउने तयारी गरिएको छ । निजी क्षेत्रको समेत लगानी भित्र्याउने गरी तयारी अघि बढाइएको हो । अहिले सतलज, एनएसपिसिहरुले उत्पादन गरिरहेका छन्, अन्य निजी क्षेत्रहरूलाई समेत भित्र्याउने तयारी भइरहेको अधिकारीहरूले बताएका छन् ।
जलविद्युतमा लगानीसँगै ४ ओटा ट्रान्समिसनलाइनको कुनैलाई अपग्रेड गर्ने, कतिपय नयाँ बनाउने गरी तयारीलाई समेत तीव्र पारिएको र यो पनि नेपालका लागि ठुलो सफलता रहेको भारतका लागि नेपाली राजदूत डाक्टर शंकरप्रसाद शर्माले बताए । शर्माकाअनुसार नेपालले भन्दै आएको बङ्गलादेश पनि बिजुली निर्यात गर्न पाउनुपर्ने माग समेत बिस्तारै पूरा हुँदै गएको छ ।
भौगोलिक सहकार्य एकदमै जटिल हुनसक्ने अनुमान गरिएकोमा भारत– बङ्गलादेशको क्षमतामा खासगरी ४० मेगावट भन्दा बढी निर्यात गर्न ठाउँ नभएको र खासगरी ट्रासमिशनलाई नभएकाले समस्या छ । ४० मेगावाट सांकेतिक रुपमा गरिएपनि यसमा धेरै काम गर्नुपर्ने छ । त्यसो त बंगलादेशले पनि नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न खोजिरहेको छ । त्यसका साथसाथै बङ्गलादेशमा बिजुली बेच्नका लागि भारत र बङ्गलादेश, नेपाल र भारतको बीचमा ट्रान्समिसन लाइन पनि हुन जरुरी रहेको र यसमा धेरै कामहरू गर्न बाँकी रहेको राजदूत शर्माको भनाइ छ । बङ्गलादेश बिजुली बेचेपछि श्रीलङ्का, म्यानमार कुनैपनि देशमा इनर्जी ट्रेड गर्नुपर्दा वा निर्यात गर्नुपर्दा सहज हुनेछ ।
२०३५ सम्म नेपालको विद्युतजडित क्षमता २८ हजार पाँच सय मेगावाट पुर्याउने लक्ष्यसहितको ‘विद्युत विकास मार्गचित्र, २०८१’ कार्यान्वयनमा ल्याइसकेको छ । नेपाल र भारतबीच १० वर्षमा १० हजार मेगावाट निर्यातका लागि दिर्घकालीन विद्युत व्यापार सम्झौता भइसकेको छ भने ऊर्जा विकास मार्गचित्र तथा कार्यान्वयन योजना–२०८१ मा सन् २०३५ सम्म भारतमा १० हजार मेगावाट र बंगलादेशलगायतमा ५ हजार मेगावाट बिजुली निर्यात गर्ने लक्ष्य छ ।
मार्गचित्रमार्फत अबको ११ वर्षमा विद्युतको थप २६ हजार मेगावाट हाराहारीमा विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको छ । हाल विद्युतजडित क्षमता ३४०३ मेगावाट रहेको छ । उत्पादित विद्युतमा साढे १३ हजार मेगावाट नेपालमै खपत गर्ने लक्ष्य लिएको छ । अहिले नेपालमा बढीमा २२ सय मेगावाटसम्म विद्युत खपत हुने गरेको छ । अहिले भारतमा वर्षामा एक हजार मेगावाटसम्म विद्युत निर्यात हुने गरेको छ । मार्गचित्रअनुसार नै हेर्ने हो भने अब ११ वर्षमा थप नौ हजार मेगावाट विद्युत भारत निर्यात गर्नुपर्ने देखिन्छ । नेपालमा विद्युत उत्पादन हुने क्रम बढ्दो छ । विद्युत विकास विभागले हालसम्म निर्माणका लागि १० हजार १५४ मेगावाटका आयोजनालाई लाइसेन्स दिएको छ । त्यसमा ३४ सय मेगावाटका सञ्चालनमा छन् । त्यसअनुसार अहिले सात हजार मेगावाट क्षमताका परियोजना निर्माणका चरणमा छन् । योबाहेक नेपाल विद्युत प्राधिकरणले ९६० मेगावाट विद्युत सोलार परियोजनाबाट खरिद गर्ने पक्रिया पनि अघि बढेको छ । यसैगरी, अहिले ११ हजार १२८ मेगावाटका आयोजनाले निर्माणको लाइसेन्सका लागि आवेदन दिएका छन् । यसैगरी आठ हजार ९० मेगावाटका आयोजनाले सर्भका लाइसेन्स लिएका छन् । उनीहरूको सर्वेको चरणमै छ । योबाहेक थप तीन हजार ४५४ मेगावाटका आयोजनाले सर्भेका विभागमा आवेदन दिएका छन् । यसले पनि आगामी दिनमा ती आयोजनाहरु अघि बढेको खण्ड्मा उत्पादन ठुलो मात्रमा हुने सम्भावना उच्च छ ।
भारतको लगानी कनेक्टिभिटीमा
भारतले पछिल्लो समय नेपालको पूर्वाधार विकासका कार्यहरु बढाउँदै लगेको छ । भारतकै पहलमा जनकपुर जयनगर रेल्वे सुरु पनि भइसकेको छ भने बर्दिवाससम्म जानका लागि रेल्वे ट्रायकहरुको कामहरू पनि भइरहेको छ । अरु रेल्वेका प्रोजेक्टहरु समेत अघि बढ्दैछन् । सुदूरपश्चिममा पुल, सडकजस्ता पूर्वाधारका समस्या भएका ठाउँमा बनाउने कार्य अघि बढेको छ । ठुलो प्रोजेक्टहरुमा खासगरी धेरै वर्षदेखि अड्केर बसेको पञ्चेश्वरलाई भारतले अघि छिट्टै अघि बढाउँदैछ । उच्चस्तरीय छलफल गरेर यसलाई अघि बढाउने गरी तयारी भइरहेको छ । फर्टिलाइजर, कृषि, खानेपानीसँग सम्बन्धि ४–५ ओटा एमओयु भइसकेका छन् । खानेपानी र सरसफाईसँगसम्बन्धि भइसकेको र शहरी विकास, कृषि, लाइफ स्टक अरुसँग पनि सम्बन्धित एमओयू तयारी अवस्थामा र यसमा छिट्टै हस्ताक्षर हुनेछ ।
उनकाअनुसार कुनदेशको कुन दक्षता हो, त्यसलाई हेरेर मात्रै आवश्यक निर्णय लिइनेछ ।
क्रस बोर्डर पेमेन्टले ठुलो समस्या हल
नेपाल र भारतबीच क्रस बोर्डर पेमेन्ट सम्झौता भयो । जसकारणले भुक्तानीमा रहेको ठुलो समस्या हल भएको छ । २५ हजार भन्दा बढी पैसा लैजान नपाउने, लुकीछिपि लगेपनि बाटोमा लुटपाट हुने समस्या हल भएको छ । नेपालमा भारतबाट पर्यटकहरु एकदमै धेरै आउने गरेका छन् ।
अहिले क्रस बोर्डर पेमेन्ट सिस्टम युपिआई सुरु भएको छ । पछिल्लो तथ्याङ्क अनुसार दिनको ६० लाख नेपाली रुपैयाँ बारबारको क्यूआर कोर्डमार्फत भारतबाट नेपालमा कारोबार हुने गरेको छ । नेपालीले भारत कारोबार गर्नका लागि अहिले पनि राष्ट्र बैंकले खोलेको छैन, यद्यपि गृहकार्य भइरहेको अधिकारीहरूले बताउने गरेका छन् । तर भारतले क्रस बोर्डर पेमेन्ट सुरु गर्दा भारतीयले नेपालमा जतिपनि खर्च गर्न पाउने आधार बनेको छ । क्रस बोर्डर पेमेन्टका कारण पर्यटक, विद्यार्थी, व्यापारीलाई निकै सहयोग भएको छ । तर नेपालीहरू अझै सबैले यसबारे बुझ्न नसकिरहेको राजदूत शर्मा बताउछन् ।
यद्यपि नेपालमा जानेहरूले अझै पनि क्यास नै लिएर जानुपर्छ की भन्ने बुझाइ छ । यो अज्ञानतालाई चिर्नका लागि दूतावासले प्रयास गरिरहेको छ । भारतमा बस्ने नेपाललाई बैंक अकाउन्ट खोल्नका लागि रहेका झन्झट्हरु पनि हट्दै गएका छन् भने सहजै कारोबार गर्न सकिरहेको छन् । अकाउन्ट खोलेकोले २ लाख भारु प्रत्येक पटक नेपाल पठाउन सकिन्छ । जसको बैंक अकाउन्ट छैन ५० हजारसम्म बैंकमा गएर एकचोटी भारतबाट पठाउन सक्छ । त्यो बाहेक अझ केकसरी सहजीकरण गर्न सकिन्छ भन्नेबारे त्यसतर्फ पनि गृहकार्य भइरहेको दिल्लीमा रहेको नेपाली दूतावासले जानकारी दिएको छ ।
त्यसो त, आधारकार्ड पनि नेपालीले नेपाली नै लेखेर भारतमा पाउने व्यवस्था पनि छ । त्यस्तो कार्ड हुनेलाई सजिलो छ । खासगरी ‘पिपुल्स टु पिपुल्स रिलेशन’ छ । मेडिकल चेकअप गर्न भारत पुग्ने नेपालीहरू धेरै छन् । त्यसका लागि नेपाल सरकारले अलिकति सहज गरिदिएको र कार्डहरुमार्फत भुक्तानी गर्नका लागि सहजीकरण भएको राजदूत शर्मा बताए ।
उनकाअनुसार पर्यटक भएर भारत जाने जसलाई बैंकिङ सिस्टमको कामले सहज भइरहेको छ भने कार्डहरुको सिस्टम बाहेक क्यू आर कोर्डले गर्दा अझ सहज होस भनेर दूतावासले जोड गरिरहेको छ । यद्यपि पेमेन्टमा मोबाइल टु मोबाइल अझै भएको छैन । त्यसका लागि पूर्वाधार बनिसकेको र केही प्राविधिक कारणले अड्केर बसेको छ । त्यो पनि छिट्टै सुरु हुँदै छ ।
दूतावासलाई दिल्ली बाहिर जान समस्या
भारतमा रहेको नेपाली दूतावासलाई आर्थिकदेखि जनशक्तिसम्मको अभाव देखिएको छ । जसकारण दूतावासका अधिकारीहरूलाई दिल्लीबाहिरका अन्य राज्यहरूमा पुग्न समस्या पर्ने गरेको छ ।
यद्यपि, अन्य बेला कुनै समस्या पर्दा हटलाइनदेखि विभिन्न माध्यमबाट छलफल गरिने गरिएको छ ।
भारतका लागि नेपाली राजदूत डाक्टर शंकरप्रसाद शर्मासँगको कुराकानीमा आधारित समाचार सामग्री
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तेश्रो लुम्बिनी अन्तरराष्ट्रिय ‘पिस म्याराथन’ को उपाधि अनिशलाई
-
गाजामा इजरायली आक्रमणमा कम्तीमा १३० जनाको मृत्यु
-
साइबर आक्रमणबाट जोगिन टिकटकले ल्यायो सुरक्षा चेकअप टुल
-
राप्रपा प्रवक्ताको आक्रोश : जनताको तागत नजरअन्दाज गर्नेहरूलाई अझै अग्रगमनकारी मानिदिनुपर्ने ?
-
मोरङको बेलबारी क्याम्पसको स्ववियु सभापतिमा क्रान्तिकारीका कपिल विष्ट निर्वाचित
-
पोखरामा एनएसएलको ट्रफी प्रदर्शन