संसदमा विचाराधीन विधेयकहरू शीघ्र टुंग्याउँछौँः सभामुख घिमिरे

काठमाडौँ । सभामुख देवराज घिमिरेले संसदमा विचाराधीन विधेयकहरू शीघ्र टुङ्ग्याउने काम प्रयास भइरहेको बताएका छन् । आज ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले संसदमा विचाराधीन रहेका निजामती कर्मचारी, प्रहरी र विद्यालय शिक्षासँग सम्बन्धित विधेयकहरू छिटो टुङ्गो लगाउने काममा लागिरहेको बताए ।
उनले संविधानले प्रदान गरेका अधिकार पूर्ण रूपमा प्रयोग गर्न सक्ने वातावरण अझै बन्न नसकेको गुनासो आइरहेको बताए । सभामुख घिमिरेले सङ्घीय निजामती सेवा ऐनको अभावले प्रशासनिक सङ्घीयता कमजोर बनाएको आम जनगुनासो आएको पनि बताए ।
संविधानले अधिकार विकेन्द्रीकरण गरे पनि व्यवहारमा केन्द्रिकरण बढिरहेको भन्दै उनले योजना तर्जुमा र बजेट वितरण संघमा सिमित रहनु सङ्घीयताको मर्मअनुसार नभएको बताए । सङ्घीयता बलियो बनाउन अन्तरप्रदेश परिषद्, अन्तर सरकारी वित्त परिषद् र राष्ट्रिय समन्वय परिषद् जस्ता फोरमहरूलाई क्रियाशील बनाउन जरुरी रहेको बताए ।
उनले सङ्घीयताको विकल्प खोज्नुको सट्टा यसको सबलीकरण र सङ्घीयतामा केन्द्रित हुनुपर्नेमा जोड दिए । सभामुख घिमिरेले वित्तीय सङ्घीयताको पक्ष सन्तोषजनक रहेको पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोटरसाइकल दुर्घटनामा वाईसिएल दोलखाका अध्यक्ष गम्भीर घाइते
-
महायज्ञको नाममा घर भत्काइएका दीपकको परिवारद्वारा जाहेरी दर्ता, गाउँपालिका अध्यक्षसहित तीन आरोपी
-
के अमेरिकी पूर्वराष्ट्रपति जोन एफ केनेडीको हत्यामा इजरायलको हात छ ?
-
टर्की सरकारको विरोधमा शनिबार पनि हजारौँ प्रदर्शनकारी सडकमा
-
इजरायली हवाई आक्रमणको लेबनानी राष्ट्रपतिद्वारा निन्दा
-
देशलाई अस्थिरतातर्फ धकेल्ने षडयन्त्र भइरहेको छः महासचिव गुरुङ