६० औँ आइटेक दिवस मनाइयो

काठमाडौँ । काठमाडौँस्थित भारतीय राजदूतावासले शुक्रवार ६० औँ भारतीय प्राविधिक तथा आर्थिक सहकार्य (आइटेक) दिवस मनाएको छ । कार्यक्रममा प्रमुख अतिथि परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले भारतमा अध्ययन गर्दाको आफ्नो अनुभवलाई सम्झँदै विकास र शिक्षाको क्षेत्रमा भारत सरकारको असङ्ख्य पहलहरूको लागि कृतज्ञता व्यक्त गरिन् ।
त्यस्तै नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले आफ्नो मन्तव्यमा आइटेक पहललाई थप विस्तार गर्ने र नेपाल सरकारको विकसित प्राथमिकताहरू अनुसार थप अनुकूलित कार्यक्रमहरू प्रस्तुत गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रमको क्रममा महान्यायाधिवक्ता रमेश बडाल, राष्ट्रिय सुरक्षा परिषद् सचिवालयका सहायक संयोजक तथा आइटेकका पूर्वविद्यार्थी सहायक रथी पवन खत्री र सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी उपरीक्षक श्री दयाराम शर्माले आइटेकका बारेमा आफ्ना अनुभव र अन्तर्दृष्टि साझा गरे ।
समारोहमा भारतीय सांस्कृतिक सम्बन्ध परिषद्द्वारा समर्थित प्रख्यात कलाकार कुलेश्वर कुमार ठाकुरको नेतृत्वमा रहेको भारतको सांस्कृतिक समूह ‘यज्ञ’ द्वारा मनमोहक मयूरभञ्ज छाऊ नृत्य प्रस्तुति गर्नुका साथै नेपालको प्रख्यात कान्त दब दब ब्यान्डद्वारा मन्त्रमुग्ध वाद्य लोक फ्युजन र ज्याज पनि समावेश थियो ।
आइटेकको रूपमा परिचित भारतीय प्राविधिक तथा आर्थिक सहकार्य कार्यक्रम भारत सरकारको विदेश मन्त्रालयको अग्रणी क्षमता निर्माण प्लेटफर्म हो । अन्तर्राष्ट्रिय क्षमता निर्माणको लागि सबैभन्दा पुरानो संस्थागत व्यवस्थाहरू मध्ये एक रहेको आइटेक सन् १९६४ मा स्थापना भएका हो, जसले १६० भन्दा बढी देशका २००,००० भन्दा बढी अधिकारीहरूलाई तालिम दिएको छ ।
उच्च शैक्षिक संस्था र प्रशिक्षण सुविधाहरूमा उपलब्ध भारतको शासन र विकास–सम्बन्धित विशेषज्ञताको विशाल र समृद्ध सञ्जाल निर्माण गर्दै आइटेकले प्रत्येक वर्ष भारतका १००ं प्रख्यात संस्थानहरूमा लगभग ४०० कोर्सहरू मार्फत करिब १०,००० फुल्ली–फन्डेड इन–पर्सन प्रशिक्षण अवसरहरू प्रदान गर्दछ ।
सन् २०२४–२०२५ मा नेपालका ५१० जना पेशेवरहरूलाई भारतका विभिन्न प्रमुख संस्थानहरूमा विभिन्न कोर्सहरूको लागि तालिम दिइएको थियो । नेपाल सरकारका २१ जना इन्जिनियरहरू आईआईटी रुडकीमा जलस्रोत व्यवस्थापन, जलविज्ञान, सिँचाइ जल व्यवस्थापन जस्ता विषयहरूमा दुई वर्षे एम.टेक कोर्समा भर्ना भएका छन् । सन् २०२४–२०२५ मा भारतका १० प्रमुख संस्थानहरूमा डाक्टरहरू (५०), सरकारी वकिलहरू (३०), राष्ट्रिय न्यायिक प्रतिष्ठान, नेपालका सदस्यहरू (१५), नेपाल प्रहरी (१४३), सशस्त्र प्रहरी बल (८०), गृह मन्त्रालय (२४), खानेपानी मन्त्रालय (४०) का लागि १८ अनुकूलित कोर्सहरूको व्यवस्था गरिएको थियो ।
नजिकको र मैत्रीपूर्ण छिमेकी भएको नाताले भारत सरकारको आइटेक पहलमा नेपाल सक्रिय साझेदार हो । नेपालबाट विगत १५ वर्षमा मात्र ३,००० भन्दा बढी अधिकारीहरूलाई आइटेक अन्तर्गत रहेर तालिम दिइएको छ ।
यी क्षमता निर्माणका कार्यक्रमहरू भारतले गरेको प्रयासको एक हिस्सा रहेका छन् जसले नेपाल र साझेदार देशहरूको मानव संसाधन विकासलाई सहयोग गर्ने मात्र नभई उनीहरूको अनुभवबाट सिकी उक्त क्षेत्रको समग्र सामाजिक–आर्थिक लाभमा योगदान पुर्याउँदछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के अमेरिकी पूर्वराष्ट्रपति जोन एफ केनेडीको हत्यामा इजरायलको हात छ ?
-
टर्की सरकारको विरोधमा शनिबार पनि हजारौँ प्रदर्शनकारी सडकमा
-
इजरायली हवाई आक्रमणको लेबनानी राष्ट्रपतिद्वारा निन्दा
-
देशलाई अस्थिरतातर्फ धकेल्ने षडयन्त्र भइरहेको छः महासचिव गुरुङ
-
विश्वव्यापी तालमा अक्सिजनको अभाव : जलवायु परिवर्तनको असर
-
सिद्धानेखर्कमा चट्याङ लागेर ४० भेडा मरे