शनिबार, ०९ चैत २०८१
ताजा लोकप्रिय

चीन र भारतबाट १८ करोड बराबरको पापड आयात

शनिबार, ०९ चैत २०८१, ११ : ४६
शनिबार, ०९ चैत २०८१

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को फागुन मसान्तसम्म (८ महिना) मा १८ करोड बराबरको पापड  आयात भएको छ । सो अवधिमा ७ लाख ८६ हजार ४५७ किलो पापड १८ करोड ८२ लाख ५४  हजार रुपैयाँ बराबरमा आयात भएको भन्सार विभागले जनाएको छ । 

यसमध्ये भारतबाट १८ करोड ८२ लाख ३५ हजार रुपैयाँको ७ लाख ८६ हजार ३१४ किलो पापड आयात भएको हो । यस्तै चीनबाट १८ हजार रुपैयाँ बराबरको १४३ किलो पापड आयात भएको  विभागको तथ्यांकमा उल्लेख छ । 

सो परिमाणमा पापड आयात हुँदा १० करोड १३ लाख ३ हजार रुपैयाँ बराबर राजस्व सङ्कलन भएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?