आठ महिनामा ४७ करोड रुपैयाँको लेज, कुर्कुरे, कुर्मुरे र चीजबल आयात

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को फागुन मसान्तसम्म (८ महिना) मा ४७ करोड बराबरको लेज कुर्कुरे आयात भएको छ । सो अवधिमा ४७ कारेड ३ लाख ८० हजार रुपैयाँको ८९३८२० किलो लेज, कुर्कुरे, कुर्मुरे र चीज बल आयात भएको भन्सार विभागले जनाएको छ ।
उक्त परिमाणमा लेज कुर्कुरे आयात हुँदा २९ करोड ३९ लाख ८४ हजार रुपैयाँ बराबर राजस्व सङ्कलन भएको विभागको तथ्याङ्कमा उल्लेख छ ।
उक्त आयातमध्ये सबैभन्दा धेरै भारतबाट आयात भएको छ । भारतबाट ३६ करोड ४७ लाख ४९ हजार रुपैयाँको ७८५०७० किलो लेज, कुर्कुरे, कुर्मुरे र चीज बल आयात भएको छ ।
यसैगरी मलेसियाबाट ८ करोड १५ लाख २० हजार रुपैयाँको, दक्षिण कोरियाबाट ९९ लाख ३५ हजार रुपैयाँको, चीनबाट ५१ लाख ३२ हजार रुपैयाँ, भियतनामबाट ४० लाख ७८ हजार रुपैयाँको आयात भएको छ । यस्तै अमेरिकाबाट ५ लाख ६५ हजार रुपैयाँको, मेक्सिको बाट ३ लाख ५९ हजार रुपैयाँको टर्कीबाट २५हजार रुपैयाँको र अन्य मुलुकबाट ४० लाख १६ हजार रुपैयाँको आयात भएको उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको नयाँ नेतृत्व चुन्न मतदान
-
प्रधानमन्त्री कप क्रिकेटः बागमतीले कोशीलाई हरायो
-
सबै समाजवादी र माओवादीलाई एकताबद्ध गर्ने अध्यक्ष दाहालको उद्घोष
-
कृषिमा प्रयोग हुने यन्त्र र उपकरणको गुणस्तरमा विश्वस्त हुने अवस्था छैनः कृषि मन्त्री
-
कविता समाजलाई सुसूचित गर्ने महत्त्वपूर्ण माध्यम: पूर्वराष्ट्रपति भण्डारी
-
क्रमशः