यमनको राजधानी सानामा अमेरिकी सेनाद्वारा हवाई आक्रमण सुरु
शनिबार, ०९ चैत २०८१, ११ : ०३

एजेन्सी । अमेरिकी सेनाले यमनको राजधानी सानामा हवाई आक्रमणको नयाँ चरण सुरु गरेको छ । हुथीद्वारा सञ्चालित अल–मसिराह टिभीकाअनुसार सात महिला र दुई बालबालिकासहित कम्तीमा नौ जना घाइते भएका छन् ।
अमेरिकी सेनाले गत शनिवारदेखि हुथी लक्षित क्षेत्रमा हवाई आक्रमण पुनः सुरु गरेको थियो । यसको अभियान अन्तर्राष्ट्रिय ढुवानीलाई सुरक्षित राख्ने लक्ष्य रहेको दाबी गरेको छ ।
हुथीद्वारा सञ्चालित स्वास्थ्य अधिकारीहरूका अनुसार अमेरिकी हवाई आक्रमणको नयाँ चरणमा दर्जनौँ व्यक्तिको मृत्यु भएको छ ।
२०१४ मा गृहयुद्ध सुरु भएपछि हुथी विद्रोही समूहले रणनीतिक हिसाबले महत्त्वपूर्ण होदेइदाह बन्दरगाह सहित यमनको ठुलो भाग नियन्त्रण गरेको छ ।