शनिबार, ०९ चैत २०८१
ताजा लोकप्रिय
माैसम

देशभर बढ्दै गर्मी, शनिबार यी सहरमा तापक्रम ३३ डिग्रीसम्म पुग्ने

शनिबार, ०९ चैत २०८१, १० : १३
शनिबार, ०९ चैत २०८१

काठमाडौँ । केही दिनयता देशभर तापक्रम बढ्दो क्रममा रहेको छ । शनिबार नेपालगञ्ज र धनगढीको अधिकतम तापक्रम ३३ डिग्री सेल्सियससम्म पुग्ने पूर्वानुमान गरिएको हो ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार  वीरेन्द्रनगर, जनकपुर र भैरहवामा अधिकतम तापक्रम ३२ डिग्री सेल्सियस पुग्ने अनुमान गरिएको छ । यसैगरी घोराही र सिमरामा ३१ डिग्री सेल्सियस तथा दिपायलमा ३० डिग्री सेल्सियस तापक्रमसम्म पुग्ने पूर्वानुमान छ ।

हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको महाशाखाको भनाई  छ । कोशी प्रदेश र मधेस प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। कोशी र मधेस प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ । 

कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । धेरै सहरमा ४० प्रतिशतसम्म वर्षाको सम्भावना रहेको छ ।

garmi

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?