कविता
मान्छेलाई सहयोग गरेर केही काम छैन
शनिबार, ०९ चैत २०८१, १० : १५

मान्छेलाई सहयोग गरेर
केही काम छैन
किनकि जति गरे पनि
त्यसले गुण सम्झिने हैन
खाना पकाउने टुहुरो केटो
हालिदिएँ स्कुल काम गर्दै पढ्यो
वकिल बन्यो घमण्ड चढ्यो
मैलाई पो चिन्न छोड्यो
बरु पशुलाई खुवाए पियाए
बफादार भई बिर्सिँदैन
अवसरवादी मान्छेलाई दया गरेर
केही काम छैन
अलपत्र परेको नातेदारलाई
काम नहुन्जेल घरमा पालेँ
काम भई बन्दोबस्त भएपछि त
मेरै पो बदनाम गर्न थाले
पोल खुल्ला भन्ने लाजले हो कि
नदेखे झैँ गर्छ बोल्न खोज्दैन
बैगुनी मान्छेलाई जिउ ज्यान दिएर
केही काम छैन
मान्छेलाई सहयोग गरेर
केही काम छैन
किनकि जति गरे पनि
त्यसले गुण सम्झिने हैन