शनिबार, ०९ चैत २०८१
ताजा लोकप्रिय
विभेद

महायज्ञको नाममा घर भत्काइएका दीपक मरिकको परिवार विस्थापित

शनिबार, ०९ चैत २०८१, ०९ : ५९
शनिबार, ०९ चैत २०८१

सिरहा  । सिरहाको औरही गाउँपालिका ५ मा महायज्ञको नाममा घर भत्काएका दीपक मरिक परिवार सुरक्षाका कारण विस्थापित भएका छन् ।

घर भत्काएको घटना सार्वजनिक भएपछि असुरक्षा बढ्न थालेपछि दीपककी श्रीमती अनिता मरिक सिरहा नपा १९ सन्हैठामा आफन्तका बस्न गएका छन्। दीपक आफै भने गाउँकै एक जनाको घरमा बसोबास गरेको स्थानीयले बताए । 

उनका छोराछोरीहरू भने घर नजिकै रहेको प्रहरी चौकीमा सुतेका थिए । प्रहरीले सुरक्षाका कारण दीपकका परिवारलाई सुरक्षित स्थानमा राखेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी रमेश पण्डितले जानकारी दिए । 

घर भत्काउन नेतृत्व गरिरहेका गाउँपालिका प्रमुख शिवजी यादव र पूर्व वडाअध्यक्ष दिलीप यादवलाई पक्राउ गरेपछि औरहीमा सुरक्षा व्यवस्था बढाएको छ । मरिक परिवारको घर सुरक्षाका लागि करिब दुई दर्जन प्रहरी परिचालन गरिएको जनाएको छ । 

औरही गाउँपालिका ५ मा महायज्ञ लगाउने स्थानबाट दीपक मरिकको गत फागुन १० गते गाउँपालिका अध्यक्षको नेतृत्वमा डोजर चलाएर घर भत्काएको थियो। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रामभरोसी यादव
रामभरोसी यादव

रामभरोसी यादव रातोपाटीका सिरहा संवाददाता हुन् ।

लेखकबाट थप

छुटाउनुभयो कि ?