बक्सिङका महान् खेलाडी ‘बिग जर्ज’ को निधन
शनिबार, ०९ चैत २०८१, ०९ : २६

काठमाडौँ । हेभिवेट बक्सिङका लिजेन्ड जर्ज फोरम्यानको ७६ वर्षको उमेरमा निधन भएको उनको परिवारले जानकारी दिएको छ । अमेरिकी खेलाडी रिङमा ‘बिग जर्ज’ उपनामले चिनिन्थे ।
उनले सन् १९६८ मा ओलम्पिकमा स्वर्ण पदक जितेका थिए भने २१ वर्षको अन्तरमा विश्व हेभिवेटको उपाधि २ पटक जिते । दोस्रोपटक ४५ वर्षको उमेरमा उपाधि जित्दै उनी सबैभन्दा बुढो च्याम्पियन बने ।
उनले पहिलो उपाधि सन् १९७४ मा मोहम्मद अलीसँग गुमाएका थिए । तर, आफ्नो व्यावसायिक बक्सिङ करियरमा जर्जले ७६ खेल जिते र ६८ वटा नकआउट हात पारे । यो अलीको संख्याभन्दा दुई गुणा बढी हो ।
उनले सन् १९९७ मा बक्सिङबाट संन्यास लिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनमतसहितका विभिन्न पार्टीका नेता-कार्यकर्ता जसपा नेपालमा प्रवेश
-
राजतन्त्र र प्रजातन्त्र साथसाथै जान नसक्ने भएपछि नै आयो गणतन्त्र
-
भूमिगत जलस्रोतको पुनर्भरणका लागि जलाधार क्षेत्रको संरक्षण गरौँ : राष्ट्रपति
-
१२ पटक विज्ञापन गर्दा पनि आएनन् विज्ञान शिक्षक !
-
प्रकाशन तथा प्रसारण सङ्घ लुम्बिनीमा नयाँ नेतृत्व चयन
-
मजगैयाँको गजल गीत : ‘के छ ओइ सान्नानी’ मा सुधीर र उषाको अभिनय