शनिबार, ०९ चैत २०८१
ताजा लोकप्रिय

अर्जेन्टिना विश्वकप छनोट नजिक

शनिबार, ०९ चैत २०८१, ०९ : १९
शनिबार, ०९ चैत २०८१

काठमाडौँ । स्टार खेलाडी लियोनेल मेस्सीबिना नै मैदानमा उत्रिएको अर्जेन्टिनाले दक्षिण अमेरिकी विश्वकप छनोटमा उरुग्वेमाथि संघर्षपूर्ण जित हात पारेको छ । स्थानीय समयअनुसार शुक्रबार राति भएको खेलमा अर्जेन्टिना १–० गोलले विजयी बनेको हो ।

टोलीको जितमा थियागो अल्माडा नायक बने ।  दोस्रो हाफको ६८ औँ मिनेटमा उनले गरेको एक मात्र गोल खेलमा निर्णायक बन्यो । खेलको अन्त्यतिर अर्जेन्टिनाका निकोलस गोन्जालेजले रातो कार्ड पाए पनि थप गोल हुन सकेन ।

१३ खेलपछि २८ अंक बटुल्दै अर्जेन्टिना तालिकाको शीर्ष स्थानमा रहेको छ । टोलीले ९ खेलमा जित, १ मा बराबरी र ३ खेलमा हार बेहोरेको छ । उरुग्वे १३ खेलबाट २० अंकसहित चौथो स्थानमा छ ।

शुक्रबार भएको अन्य खेलमा इक्वेडरले भेनेजुएलालाई २–१ गोलले हरायो । योसँगै इक्वेडर अंक तालिकामा ब्राजिललाई उछिन्दै दोस्रो स्थानमा पुगेको छ । १३ खेलबाट इक्वेडरको २२ अंक रहेको छ । ब्राजिलको समान खेलबाट २१ अंक छ । भेनेजुएला भने १२ अंकसहित आठौँ स्थानमा सीमित रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप

छुटाउनुभयो कि ?