न्यायको खोजीमा छिमेकीबाटै बलात्कृत महिला

सर्लाही । सर्लाहीको हरिवन नगरपालिका–१, भोक्टेनीमा एक ४५ वर्षीय महिला आफ्नै छिमेकीबाट बलात्कृत भएकी छिन् । पीडितका अनुसार, फागुन २१ गते राति स्थानीय जिवछ महतो कोईरीले घरमा कोही नभएको मौका छोपी जबरजस्ती करणी गरेका थिए ।
पीडित महिलाले फागुन २२ गते इलाका प्रहरी कार्यालय, हरिवनमा लिखित उजुरी दिएकी थिइन् । उजुरीका आधारमा प्रहरीले प्रारम्भिक अनुसन्धान अघि बढाउँदै सोही दिन अभियुक्त जिवछ महतोलाई नियन्त्रणमा लिएको थियो ।
तर, घटनाको एक दिनअघि अर्थात् फागुन २० गते अभियुक्त जिवछ महतोकी आमाको निधन भएको थियो । यही कारण देखाउँदै हरिवन–४, सासापुरका इन्द्रदेव महतोले काज किरिया सम्पन्न भएपछि पुनः उपस्थित गराउने सर्तमा अभियुक्तलाई हाजिरी जमानीमा छुटाएका थिए ।
तर, काज किरिया सम्पन्न भए पनि जिवछ महतो प्रहरी समक्ष हाजिर नभई फरार भए । अभियुक्त फरार भएपछि पीडित महिलाले चैत्र ४ गते औपचारिक रूपमा जाहेरी दर्ता गराएकी छिन् । हाल अभियुक्त महतो र जिम्मेवारी लिएका इन्द्रदेव महतो दुवै फरार छन् ।
प्रहरीले अभियुक्तको खोजी तीव्र पारिएको दाबी गरे पनि पीडित परिवारले घटनालाई ढाकछोप गर्ने प्रयास भइरहेको आरोप लगाएका छन् । पीडित महिलाका छोराका अनुसार, केही स्थानीय नेताहरूले १५ लाख रुपैयाँको सेटिङ मिलाइदिने भन्दै उल्टै पीडितलाई प्रलोभन दिने प्रयास गरिरहेका छन् ।
छिमेकीबाट भएको यो जघन्य अपराधमा न्यायको खोजी गरिरहेका पीडित परिवार निराश छन् । पीडित महिलाको सुरक्षाको सवाल उठिरहेका बेला अभियुक्तलाई चाँडो पक्राउ गरी कानुनी कारबाही गर्नुपर्ने माग बढ्दै गएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनकुमारी
-
दलितको घर भत्काएको प्रकरण स् प्रहरी कार्यालयभित्र पञ्चायती, पीडितलाई मिलापत्र गर्न फकाइँदै
-
‘शिक्षा’ शक्तिशाली साधन होः गृहमन्त्री लेखक
-
बाबुराम, सिके र रेशम चौधरी नेतृत्वको पार्टीबिच एकता गर्ने तयारी
-
मजगैयाँको गजल गीत ‘के छ ओइ सान्नानी’मा सुधिर र उषाको अभिनय
-
पर्यटक लोभ्याउँदै लालीगुराँस, तस्बिरहरू