मनाङ र चीन बोर्डर ‘फू’ गाउँमा सशस्त्रको क्याम्प राखिने

मनाङ । हिमाली जिल्ला मनाङ र चीनको सिमानामा बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरिने भएको छ । सीमा नाका निर्धारण गर्ने उद्देश्यले नार्पाभूमि गाउँपालिकामा बीओपी स्थापना गरिने भएको हो ।
नार्पाभूमि गाउँपालिका–४ फू गाउँमा बीओपी स्थापना गरिने जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ । समुद्री सतहदेखि करिब चार हजार मिटर उचाइमा बीओपी स्थापना गर्न लागिएको हो ।
प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले सीमामा सहजता र सुरक्षाका लागि बीओपी स्थापना गर्न लागिएको बताए । उनले बीओपी स्थापनाका लागि २० रोपनी जग्गा दीर्घकालीन रुपमा भाडामा सशस्त्र प्रहरीलाई उपलब्ध गराइएको जानकारी दिए । सरकारी जग्गा आवश्यकता अनुसार सशस्त्र प्रहरीले उपयोग गर्ने गरी भाडामा जग्गा उपलब्ध गराइएको प्रजिअ आचार्यले बताए ।
जग्गा भाडाको प्रमाणपत्र सशस्त्र प्रहरी बल नम्ब। ३२ का गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक हिराबहादुर जिसीलाई एक कार्यक्रमबीच बिहीबार हस्तान्तरण गरिएको छ । ‘फू क्षेत्र मनाङको विकट क्षेत्र हो । हालसम्म सडक सञ्जाल समेत नपुगेकाले बिओपी स्थापनापछि सीमा सुरक्षा तथा निगरानीका साथै अन्तरदेशीय अपराध नियन्त्रण प्रभावकारी हुने अपेक्षा गरिएको छ’, प्रजिअ आचार्यले भने ।
बीओपीमा प्रहरी निरीक्षकसहित ३५ जना सशस्त्र प्रहरी खटाइनेछ । प्रजिअ आचार्यले नार्पाभूमि गाउँपालिकासँग समन्वय गरेर अघि बढ्ने र जतिसक्दो छिटो बीओपी राखिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१७औँ धर्मश्रीको उपाधि उमेश राईको पोल्टामा, उचाले ११ किलोको ट्रफी
-
पञ्चायत हल्लाउने त्यो स्ववियु, अहिले राजनीतिक दलको कारिन्दा
-
‘महिला अधिकारको सवालमा साझा ऐन बनाउनुपर्छ’
-
‘२८ वर्षे उमेरहदले परिपक्व लिडरसिप आउन पाएनन्’
-
युक्रेनका लागि स्टार्मरको योजनालाई ट्रम्पका दूतले गरे सिधै अस्वीकार
-
जसपा नेपालका यूएई इन्चार्ज शेर्पा माओवादी केन्द्रमा प्रवेश