आइतबार, १० चैत २०८१
ताजा लोकप्रिय

आगलागीले ठप्प भएको युरोपकै व्यस्त हिथ्रो विमानस्थलमा फेरि उडान अवतरण सुरु

शनिबार, ०९ चैत २०८१, ०४ : १७
शनिबार, ०९ चैत २०८१

काठमाडौं । युरोपकै सबैभन्दा व्यस्त हिथ्रो विमानस्थलमा फेरि उडान अवतरण सुरु भएको छ । नजिकैको एक विद्युत सबस्टेशनमा लागलागी भएसँगै उठान अवतरण ठप्पप्राय भएको हिथ्रोमा उडान अवतरण सुरु भएको र शनिबार पूर्ण रुपमा सञ्चालनमा आउने बताएको छ ।  

विमानस्थलका अनुसार शनिबार पूर्ण रुपमा सेवा सञ्चालन हुने जानकारी दिंदै यात्रुहरुसँग माफी मागेको छ । विमानस्थलका मुख्य कार्यकारी थोमस वोल्डबायले यात्रीहरुसँग माफी माग्दै भनेका छन्, ‘यो घटना हाम्रो हवाई अड्डाका लागि सबै भन्दा खतरापूर्ण रहयो ।’

प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ भने हाललाई कुनै गडबडी नरहेको बताइएको छ । विमानस्थल व्यपस्थापनका अनुसार व्याकअप जेनेरेटर चलाइए पनि पूरै हवाई अड्डाको लागि विजुली पुर्‍याउन सकिएको छैन । पूर्ण रुपमा विद्युत आप्रवाह हुन समय लाग्ने बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप

छुटाउनुभयो कि ?