सूर्यग्रहण लाग्ने दिन चैत १६ मा शनिग्रह विशेष पूजा हुने

स्याङ्जा । अर्जुनचौपारी गाउँपालिका –१ मा रहेको नेपालकै पहिलो नवग्रह मन्दिरमा चैत १६ गते शनिग्रह विशेष र साढेसाती पूजा हुने भएको छ ।
हालै निर्माण भएको नवग्रह मन्दिरमा लोककल्याण एवं शनिग्रह शान्तिका लागि १६ चैतमा विशेष पूजा हुन लागेको हो । यो पूजा नेपालमा पहिलो आयोजना गरिएको र जुन धार्मिक महत्वका दृष्टिले मात्र नभई सामाजिक र सांस्कृतिक दृष्टिकोणबाट समेत विशेष रहने बताइएको छ ।
चैत्र कृष्ण औंसीका दिनमा (१६ गते) शनिग्रह कुम्भ राशिबाट मीन राशिमा अर्थात् १२ औं घरमा प्रवेश गर्ने भएकाले त्यस दिन विशेष पूजा गरिने पालिका अध्यक्ष प्रकाश तिवारीले जानकारी दिए ।
विशेष पूजाको अवसरमा नवग्रहका स्वामी शिव, हनुमान तथा शनिदेवको अभिषेक एवं विधिपूर्वक पूजा गरिनेछ । साथै, शनिदेवको निशानप्रतिमा राखिएको रापाकोट कालिका मन्दिरमा समेत पूजा गरिनेछ । चैत १६ गते सूर्यग्रहण लाग्ने भएकाले यो दिनको पूजालाई अझ विशेष मानिएको छ ।
ज्योतिष शास्त्रअनुसार नौ ग्रहमध्येका एक शनि कर्म, अनुशासन, न्याय, धैर्यता, र जिम्मेवारीको प्रतीक मानिन्छन् । शनि मानिसलाई जीवनमा कठोर परिश्रम, धैर्य, र आत्मअनुशासन सिकाउने ग्रह हुन् । नवग्रहहरुमध्ये शनिको सबैभन्दा सुस्त गति हुनासाथ पनि मानव जीवनमा यसको प्रभाव गहिरो एवम् दिगो हुन जाने विश्वास गरिन्छ ।
हिन्दु धर्मअनुसार शनि जब कुनै राशिमा प्रवेश गर्छन्, त्यसले सो राशिको गुणधर्मअनुसार फरक प्रभाव पार्छ । यदि शुभ स्थानमा रहे भने, यसले सफलता, दृढ इच्छाशक्ति, र स्थायित्व प्रदान गर्छ, तर अशुभ स्थानमा भएमा अवरोध, ढिलाइ, तथा कठिनाइहरू ल्याउन सक्छन् । शनि ग्रह गुरु बृहस्पतिको राशिमा प्रवेश गर्दा त्यति नकारात्मक असर नदेखिए पनि मानव जीवनमा यसका विभिन्न प्रभावहरु पर्दछन् ।
शनि मीन राशिमा रहँदा सबै राशिहरूमा विभिन्न प्रभाव पार्ने गर्दछ । यसले मुख्यतः मीन राशिमा नकारात्मक असर पार्ने भएपनि यसको असर अन्य राशिमा पनि पर्ने देखिन्छ । यसको नकारात्मक असर कम गर्नका लागि शनिदेवको पूजा गर्नु आवश्यक हुन्छ । साथसाथै, हनुमानको पूजा गर्ने, हनुमान चालिसा पढ्ने, शनिदेवलाई तेल चढाउने, गरिव दिन दुःखीलाई भोजन गराउने गरेमा पनि शनि प्रशन्न भई नकारात्मक असर कम गराउन सकिने शास्त्रहरुमा उल्लेख छ ।
प्रत्येक साढे २ वर्षमा ग्रहले राशि परिवर्तन गर्ने गर्दछ । त्यस दिन शनिवार राती १० बजेर २२ मिनेटमा शनि ग्रहले राशि परिवर्तन गरेर मीन राशीमा जानेछ । यसरी मीन राशीमा आएको शनि ग्रह ३० महिनासम्म मीन राशीमा रहने बताइन्छ । ज्योतिषशास्त्रका अनुसार राशी परिवर्तन गर्ने यो समीकरणलाई मुलुकमा समस्या पैदा गर्न सक्ने चुनौतीपुर्ण समीकरणका रूपमा हेरिन्छ ।
यसले मुलुकमा विभिन्न किसिमका प्राकृतिक प्रकोपहरुले असर गर्ने बताइन्छ । मे महिनाको तेश्रो हप्तासम्म शनि र राहुसँगै हुने हुनाले यसले समस्याहरू पैदा गर्न सक्छ र नयाँ ग्रहणको प्रकिया सुरू नहुन्जेल समस्या पैदा गर्छ । यस मन्दिरमा उक्त दिनमा हनुमान चालिसा वाचन, भजनकिर्तनसमेत गरिने भएकाले सम्पूर्णलाई नवग्रह मन्दिरमा हुने शनि विशेष पूजामा उपस्थित भई शनिको असर कम गर्न सकिने भएको हुँदा त्यस दिन अर्जुनचौपारीमा विशेष पूजा हुन लागेको अर्जुनचौपारी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कौशल पाण्डे बताए ।
गण्डकी प्रदेशको मुकाम पोखराबाट करिब ५२ किलोमिटर दुरीमा रहेको नवग्रह मन्दिर स्वदेशी तथा विदेशी पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ । मन्दिरको प्राण प्रतिष्ठा तथा अनुष्ठानयता करिब २ लाख बढीले मन्दिरको दर्शन गरिसकेका पालिकाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेखा समितिमा परेकामध्ये ४८ उजुरीमाथि छानबिन अघि बढाइने
-
तेश्रो लुम्बिनी अन्तरराष्ट्रिय ‘पिस म्याराथन’ को उपाधि अनिशलाई
-
गाजामा इजरायली आक्रमणमा कम्तीमा १३० जनाको मृत्यु
-
साइबर आक्रमणबाट जोगिन टिकटकले ल्यायो सुरक्षा चेकअप टुल
-
राप्रपा प्रवक्ताको आक्रोश : जनताको तागत नजरअन्दाज गर्नेहरूलाई अझै अग्रगमनकारी मानिदिनुपर्ने ?
-
मोरङको बेलबारी क्याम्पसको स्ववियु सभापतिमा क्रान्तिकारीका कपिल विष्ट निर्वाचित