गण्डकी प्रदेशका केही जिल्लामा मेघ गर्जन र चट्याङसहित वर्षा
शुक्रबार, ०८ चैत २०८१, २२ : ४४

काठमाडौँ । शुक्रबार राति गण्डकी प्रदेशका केही जिल्लाहरुमा मेघ गर्जन र चट्याङसहित वर्षा भएको छ । प्रदेशका मनाङ, लमजुङ, गोर्खा लगायतका स्थानमा वर्षा भएको हो ।
तर उक्त वर्षा गराउने प्रणाली कमजोर भई उत्तर पूर्व सर्दै गरेकोले केही समयपछि ती स्थानमा वर्षा कम हुने जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ ।
साथै आज राति कोशी प्रदेश र मधेश प्रदेशका थोरै स्थान लगायत बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा पनि मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारीबाट फर्केका श्रमिकको स्वास्थ्य परीक्षणका लागि शहीद धर्मभक्तमा बेग्लै वार्ड
-
सरकारले ट्रेजरी बिलमार्फत २५ अर्ब २५ करोडको आन्तरिक ऋण उठाउँदै
-
सपना : आन्दोलनरत शिक्षक र प्रधानमन्त्रीको वार्ता
-
सातै प्रदेशमा मुख्यमन्त्री र प्रदेश प्रमुखविरुद्ध परेको रिटमा आज सुनुवाइ हुँदै
-
गभर्नर नियुक्ति विवादको रिट आज पनि इजलासको पुछारमा
-
ट्रम्प प्रशासनविरुद्ध हार्वर्ड विश्वविद्यालयले हाल्यो मुद्दा