शनिबार, ०९ चैत २०८१
ताजा लोकप्रिय

‘भाईरल गोर्खे’को टिजरः भाईरल हुँदाको प्रभाव र असर

शुक्रबार, ०८ चैत २०८१, २१ : १७
शुक्रबार, ०८ चैत २०८१

काठमाडौंँ । आगामी वर्षको जेठ ३० गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘भाईरल गोर्खे’को टिजर सार्वजनिक गरिएको छ । पुरै चलचित्रको कथावस्तु बुझाउन खोजिएको टिजर २ मिनेट ८ सकेण्ड लामो रहेको छ । 

नेपालमा सामाजिक सञ्जालको प्रयोग र प्रभाव बढ्दै जाँदा भाईरल हुन जे पनि गर्ने प्रवृत्ति पछिल्लो समय बढ्दो छ । टिजर हेर्दा भाईरल हुने दौडमा लाग्दाको प्रभाव र त्यसले पार्ने असरबारेको विषयमा चलचित्र बनेको अनुमान गर्न सकिन्छ । 

टिजरमा गोपाल पाँडे पात्रले भाईरल हुन गरेका विभिन्न हर्कत र भाईरल भैसकेपछि लाइभ बसेर फ्यानसँग साक्षात्कार दृश्य टिजरमा समेटिएको छ ।

द जिएमआई एकेडेमी र निर्भाना फिल्म स्कुलको व्यानरमा निर्माण भएको चलचित्रमा सौगात मल्ल, सृष्टि श्रेष्ठ, बुद्धि तामाङ, लक्ष्मी गिरी, राजाराम पौडेल र ऋषि धमलाको अभिनय रहेको छ ।

विशाल ताम्राकार, महेश लामिछाने र केवलजंग कुँवर निर्माता रहेको चलचित्रमा सह–निर्माता भुवन अधिकारी र निखिल पौडेल रहेका छन् । अमर महर्जनको छायांकन रहेको चलचित्र लम्जुङको भुजुङ, गोरखा र चितवनमा छायांकन गरिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?