म्याग्दीको रातोढुङ्गा सबस्टेशन सञ्चालन

म्याग्दी । जिल्लाका तीनवटा स्थानीय तहमा विद्युत् आपूर्ति गर्न निर्माण भएको ३३/११ केभी क्षमताको रातोढुङ्गा सबस्टेशन सञ्चालन भएको छ ।
पर्वतको जलजला गाउँपालिका–४ मोहनचोकबाट म्याग्दीको मालिका गाउँपालिका–६ रातोढुङ्गा जोड्ने २२ किलोमिटर दूरीको प्रसारण लाइन र रातोढुङ्गामा निर्माण भएको सबस्टेशन सञ्चालनमा आएको हो ।
विसं २०८० माघमा गरिएको परीक्षण सफल भएको उक्त सबस्टेशनबाट आजदेखि नेपाल विद्युत् प्राधिकरणको म्याग्दी वितरण केन्द्रले विद्युत आपूर्ति गर्न थालेको हो । केन्द्रका प्रमुख सत्यनारायण गामीले परीक्षणका लागि सबस्टेशनबाट विद्युत् आपूर्ति गराउन थालिएको बताए ।
मिलनचोक सबस्टेशन नजिकै एउटा पोल गाड्न, तार तान्न र संरचना बनाउन बाँकी भएकाले अस्थायी रूपमा बेनीबाट ट्यापिङ गरेर रातोढुङ्गा सबस्टेशनमा लाइन जोडेर परीक्षणका लागि विद्युत् आपूर्ति गरिएको छ उनले बताए । अबको एक महिनाभित्र १५ दिनमा ठेकेदारले सबै संरचना बनाएर हस्तान्तरण गर्ने लिखित प्रतिबद्धता जनाएकोसमेत उनले जानकारी दिए ।
नेपाल विद्युत् प्राधिकरणमार्फत एटुजेड इन्जिनियरिङले सन् २०१६ मा रु १६ करोडमा ठेक्का लिएको सबस्टेशन र प्रसारण लाइन सन् २०१८ को डिसेम्बरमा सक्ने लक्ष्य थियो । ठेकेदार कम्पनीका प्रतिनिधि पद्मसागर लुइँटेलले परीक्षण अवधिपछि प्राधिकरणलाई औपचारिक रूपमा सबस्टेशन हस्तान्तरण गरिने केन्द्रका प्रमुख गामीले बताए । सबस्टेशन सञ्चालनपछि म्याग्दीको पश्चिमी क्षेत्रमा पर्ने मङ्गला, मालिका र धवलागिरि गाउँपालिकामा केन्द्रीय प्रसारण लाइन विस्तार र विद्युत् आपूर्ति सहज हुने अपेक्षा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : कक्षा १२ को परीक्षा रोकियो, शिक्षकपछि कर्मचारीको आन्दोलन
-
सोलुखुम्बुमा जलवायुसम्बन्धी सम्मेलन सम्पन्न
-
नेपाल आए मेटाका प्रतिनिधि, होला सामाजिक सञ्जाल दर्ता ?
-
आईपीएल : दिल्लीले कमब्याक गर्दा १ सय ५९ रनमा रोकियो लखनउ
-
प्रमुख प्रशासकीय अधिकृत मेहतालाई विराटनगर महानगरमा हाजिर गर्न नदिइने
-
निसानको ३ दिने ‘प्रि-मनसुन नेसनवाइड सर्भिस क्याम्प’ देशभरका १६ वटा चेकपोइन्टहरूमा सुरू