२ हजार ५०७ जनालाई १३ करोड २८ लाख रकम बाँडिँदै

विराटनगर । कोशी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले कडा रोग लागेको विपन्न नागरिकहरूलाई १३ करोड २८ लाख बढी रकम बाँड्ने तयारी गरेको छ ।
कडा रोग लागेका विपन्न नागरिकहरूलाई औषधी उपचार बापत आर्थिक सहायता दिनेगरी शनिवारदेखि सो रकम उपलब्ध गराउने निर्णय भएको स्वास्थ्य मन्त्री भूपेन्द्र राईले जानकारी दिए ।
यसरी आर्थिक सहायता प्राप्त गर्नेको सङ्ख्या २ हजार ५ सय ५६ जना रहेको छ । जसमा क्यान्सर रोग लागेका १ हजार ५ सय ७ जना, मिर्गौला रोग लागेका ५ सय ३६, मिर्गौला प्रत्यारोपण गरेका ८५ जना, मुटु रोगी ३ सय ३१ जना, कलेजो रोगी १५ जना, थालासिमिया ३ जना, पार्किन्सन ७ जना, फोक्सोका बिरामी १ जना, स्पाइनल इन्जुरी ४१ जना, हेड इन्जुरी २९ जना र मस्तिष्क घातका १ जना रोगी रहेका छन् । उनीहरूलाई १३ करोड २८ लाख २५ हजार ४३६ रुपैयाँ बाँडिने मन्त्री राईले जनाए ।
सहायता प्राप्त गर्न निवेदन दिएका बिरामी वा उनका आफन्तले मन्त्रालयमा सम्पर्क गरी उक्त आर्थिक सहायता लिनसक्ने मन्त्री राईले बताए ।
प्रदेश सरकारले कडा रोग लागेका बिरामीहरुलाई उपचार सहुलियत दिन भन्दै ५ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । यद्यपि निवेदन धेरै परेको कारण थप रकम रकमान्तर गरेर दिन लागिएको हो ।
यद्यपि यसअघि दिने भनिएको रकमको ५० प्रतिशत मात्रै दिन लागिएको मन्त्री राईले बताए । निवेदनमा माग भएजति शतप्रतिशत रकम दिन स्रोत अभाव भएको भन्दै ५० प्रतिशत घटाएर रकम उपलब्ध गराउन कार्यविधि नै संशोधन गरिएको हो । सरकारले हाललाई भने कडा रोग लागेका बिरामीको उपचारका लागि दिने सहुलियतको निवेदन लिन छोडेको छ ।
प्रदेशको आर्थिक अवस्था र क्षमताले थाम्न नसक्ने भएपछि कार्यक्रम रोक्नु परेको मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्ण अपाङ्गता भएका क्षितिजलाई घरमै पुगेर नागरिकता
-
१२ बजे, १२ समाचार : समिति बैठकमा सांसदहरूबीच नोकझोकदेखि ३ प्रतिशत थ्रेसहोल्डको कुराले तर्सिए साना दलसम्म
-
पत्रकार महासंघमा कार्यविभाजन, १३ विभाग प्रमुख तोकिए
-
श्रमिकको न्युनतम पारिश्रमिक कार्यान्वयन गर्न विभागको ध्यानाकर्षण
-
धनुषामा ४७७ केजी गाँजासहित ट्रक चालक पक्राउ
-
गण्डकी प्रदेशका केही जिल्लामा मेघ गर्जन र चट्याङसहित वर्षा