समाचार
महायज्ञका लागि दलितको घर भत्काएको प्रकरण : पालिका अध्यक्ष र पूर्ववडाध्यक्ष पक्राउ
शुक्रबार, ०८ चैत २०८१, १९ : ४५

काठमाडौँ । महायज्ञका लागि दलितको घर भत्काएको विषयमा प्रहरीले सिरहाको औरही गाउँपालिका अध्यक्ष शिवजी यादव र पूर्ववडा अध्यक्ष दिलीप यादवलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिराहाका एसपी रमेश पण्डितका अनुसार पालिका अध्यक्ष शिवजी र पूर्ववडा अध्यक्ष दिलीपलाई अनुसन्धानका लागि शुक्रबार नियन्त्रणमा लिइएको हो ।
यस प्रकरणमा अहिलेसम्म जाहेरी नपरेको प्रहरीले जनाएको छ । यद्यपि, पीडित पक्षसँग पनि छलफल गरेर घटनाबारे अनुसन्धान गर्ने एसपी पण्डितले जानकारी दिए । औरही गाउँपालिकाको वडा नम्बर ५ मा दिपक मरिक (डोम)को घर भत्काएर पालिका अध्यक्ष यादव र पूर्ववडा अध्यक्ष यादवले महायज्ञको तयारी गरेका थिए ।
महायज्ञ लगाउनका लागि दलितको घर भत्काइएको विषयमा रातोपाटीले समाचार प्रकाशमा ल्याएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रकार महासंघमा कार्यविभाजन, १३ विभाग प्रमुख तोकिए
-
श्रमिकको न्युनतम पारिश्रमिक कार्यान्वयन गर्न विभागको ध्यानाकर्षण
-
धनुषामा ४७७ केजी गाँजासहित ट्रक चालक पक्राउ
-
गण्डकी प्रदेशका केही जिल्लामा मेघ गर्जन र चट्याङसहित वर्षा
-
मिनी ट्रकभित्र च्यापिएर एकको मृत्यु, एकजना घाइते
-
सरुवा भएकाहरू जान नमान्दा २ सचिव मुख्यमन्त्री कार्यालयको बरण्डामा