मुलुक विकासको मार्गमा अघि बढिरहेको छः महामन्त्री थापा

नवलपरासी । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पछिल्लो समय मुलुक विकासको मार्गमा अघि बढिरहेको बताएका छन् ।
पछिल्लो समयमा मुलुकको स्वास्थ्य, शिक्षा, सडक, कृषि, सिँचाइ, समाजिक, आर्थिक तथा भौतिक पूर्वाधारलगायत क्षेत्रमा विकास हुँदै गएको उनको भनाई थियो ।
२०४६ सालपछि देशमा, स्वास्थ्य, शिक्षा, सडक, कृषि, सिँचाइ, समाजिक, आर्थिक तथा भौतिक पूर्वाधारलगायत क्षेत्रमा उल्लेख्य मात्रामा विकास भएकोले केही भएको छैन भन्नुभन्दा विकासले गति लिँदैछ भन्नु आवश्यक रहेको महामन्त्री थापाको तर्क थियो ।
नेपाली युवालाई मुलुकमा विकास भएको छैन भनेर गलत सन्देश कसैले प्रवाह गर्न नहुने धारणा राख्दै महामन्त्री थापाले युवाका लागि स्वरोजगारका अवसर सृजना गरी विदेश पलायनदर रोक्न सबैले सहकार्य र समन्वय गर्नुपर्नेमा जोड दिए । हामीले सामाजिक सञ्जालमा बढी समय बिताउने भएकाले सञ्जालको सही उपयोग नगरी देशमा विकास भएको छैन भनेर सन्देश प्रवाह गर्न नहुनेमा थापाले जोड दिए ।
राजनीतिक दलसँगै तीनै तहका सरकारले नागरिकका कुरा सुनेर असन्तुष्टिलाई सन्तुष्टिमा बदल्ने प्रयास गर्नुपर्नेमा जोड दिँदै महामन्त्री थापाले आमनागरिकले पनि यही अपेक्षा गरेका बताए । मुलुकमा रहेका बेथिति र समस्या समाधान गर्न वर्तमान सरकार लागिपरेको भन्दै सरकारलाई सबैले सहयोग गर्नुपर्नेमा उनले जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा महानगर र चीनको लुझाउ नगरबीच पर्यटनलगायत क्षेत्रमा सहकार्य हुने
-
एउटा मोबाइल चोरिएको सूचना पछ्याउँदा ६ जना पाकेटमार समातिए
-
ग्लोबल आइएमई र लुम्बिनी मेडिकल कलेजबीच सम्झौता, ग्लोबलका ग्राहकलाई स्वास्थ्य सेवामा २५ प्रतिशत छुट
-
अरनिको राजमार्ग : धुलिखेल–खावा सडकखण्डको निर्माण कार्य अन्योल
-
एसइई परीक्षा : अनिवार्य नेपाली विषयमा एक सय ३८ विद्यार्थी अनुपस्थित
-
‘भाईरल गोर्खे’को टिजरः भाईरल हुँदाको प्रभाव र असर