शुक्रबार, ०८ चैत २०८१
ताजा लोकप्रिय

पाकिस्तानमा सैन्य कारबाही, १० आतंककारी मारिए

शुक्रबार, ०८ चैत २०८१, १८ : ५४
शुक्रबार, ०८ चैत २०८१

इस्लामाबाद । उत्तरपश्चिमी खैबर पख्तुनख्वा (केपी) प्रान्तमा छुट्टाछुट्टै कारबाहीमा दश जना आतंककारी मारिएको पाकिस्तानी सेनाले जनाएको छ ।

पाकिस्तानी सेनाको मिडिया शाखा, इन्टर–सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर) ले सुरक्षा बलहरूले उत्तरी वजिरिस्तान जिल्लाहरूमा गुप्तचरमा आधारित अपरेशन सुरु गरेको विज्ञप्तिमार्फत जनाएको हो ।

तीब्र गोलीबारीका क्रममा अगाडिबाट आफ्नो सेनाको नेतृत्व गरिरहेका पाकिस्तानी सेनाका एक अधिकारी क्याप्टेन हसनैन अख्तरको पनि मृत्यु भएको बताइएको छ ।

आईएसपीआरले उत्तरी वजिरिस्तानका चार छुट्टाछुट्टै भिडन्तमा छ जना मारिएको बताएको छ । यस क्षेत्रमा अन्य आतंककारीको उपस्थितिलाई हटाउन सेनाले अभियान सञ्चालन गरिएको र पाकिस्तानबाट आतंकवादको खतरा मेटाउन पाकिस्तानी सेना कटिबद्ध रहेको दावी गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप

छुटाउनुभयो कि ?