शुक्रबार, ०८ चैत २०८१
ताजा लोकप्रिय

सिन्धु विकास बैंकको साधारणसभामा किन भयो लफडा ?

शुक्रबार, ०८ चैत २०८१, १८ : ४३
शुक्रबार, ०८ चैत २०८१

काठमाडौं । सिन्धु विकास बैंकको साधारणसभामा लफडा भएको छ । ११६ प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्तावको पक्ष र विपक्षमा मत बाझिँदा लफडा उत्पन्न भएको थियो । दुई पक्षबीच लफडा मिलाउन सुरक्षामा खटिएका व्यक्ति गएपछि हात हालाहालको अवस्था सिर्जना भएको हो । 

प्रादेशिक स्तरको सिन्धु विकास बैँकको साधारण सभा आज दोस्रो पटक बसेको थियो । काभ्रेको बनेमा मुख्य कार्यालय भएको बैङ्कको पहिलो पटक माघ २८ गते कोरम नपुगेको भन्दै साधारणसभा स्थगित भएको थियो । दोस्रोपटक बोलाइएको बैठकमा २५ प्रतिशतकै उपस्थितिमा साधारणसभा गर्न मिल्थ्यो ।

धुलिखेलस्थित मिरावल रिसोर्ट एन्ड होटलमा आजका लागि बोलाइएको १४औँ र १५ औँ साधारण सभामा ५३ प्रतिशतको उपस्थिति भएको कम्पनी सचिव पुष्कर जीसीले जानकारी दिए । सेयर खेलाडी दीपेन्द्र अग्रवालको समूह समेत आजको साधारणसभामा गएको थियो । सो समूहसँग अर्को समूहबीच लफडा भएको जनाइएको छ । 

बैंकसँग अहिले ५४ करोडको चुक्ता पुँजी रहेको छ । प्रादेशिक स्तरको विकास बैंक बन्न १२० करोड पुँजी पुर्याउनुपर्छ । यसकाल लागि हकप्रद शेयर ल्याउने कि नल्याउने भन्नेमा विवाद देखिएको हो । खासगरी प्रोमोटर शेयरधनीहरु हकप्रदको विरोधमा थिए ।

महँगो मूल्य भएका कारण साधारण शेयरधनी भने हकप्रदको पक्षमा देखिएका थिए । आजको बैठकले प्रस्तावित सबै एजेन्डा पास गरेको कम्पनी सचिव जीसीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?