रङ्गकर्मीको धारणा : फिल्मका लागि रङ्गमञ्च जरुरी छ

काठमाडौँ । फिल्मका काम गर्ने कलाकारका लागि रङ्गमञ्च जरुरी रहेको रङ्गकर्मी कलाकार नै बताएका छन् । ‘विश्वभरका कथाहरूको उत्सव’ नारा सहित काठमाडौँमा जारी ‘आठौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा’ शुक्रवार ‘रङ्गमञ्च कि रङ्गिन पर्दा’ शीर्षकको छलफल भयो । जसमा बोल्ने क्रममा कलाकारले यस्तो धारणा राखेका हुन् ।
रङ्गकर्मी, कलाकार सरिता गिरीले कलाकारको रूपमा काम गर्दा थिएटर र फिल्मको अनुभव आफूले फरक फरक लिएको बताइन् । उनले अहिले रङ्गमञ्चमा दर्शक कमी भएकोले केका लागि ? भन्ने भएको धारणा राखिन् ।
पत्रकार सुकृत नेपालले सहजीकरण गरेको कार्यक्रममा रङ्गकर्मी, कलाकार प्रमोद अग्रहरीले घर बनाउन जग मजबुत बनाउनुपर्छ भने झैँ फिल्मका लागि रङ्गमञ्चबाट पर्दामा जाँदा खुट्किलो दह्रो हुने बताए । उनले स्वयं आफू को हो ? र के गर्दैछु भन्ने कतिपय कलाकारमा थाहा समेत नभएको धारणा राखे । ‘कलाकारका लागि रङ्गमञ्च धेरै जरुरी छ । सीमित समयमा कोही मान्छे पनि कलाकार बन्न सक्दैन’ अग्रहरीले थपे ।
रङ्गकर्मी, अभिनेता बुद्धि तामाङले रङ्गकर्मीहरूले रङ्गमञ्चबाट फिल्ममा जान फरक परिस्थिति सिर्जना भएको बताए । ‘फिल्म वा रङ्गमञ्चमा आउन खुट्किला नै रङ्गमञ्च हुनपर्याे ’, तामाङले थपे– ‘फिल्म र रङ्गमञ्च’ को स्वाद फरक हुन्छ ।’
रङ्गकर्मी सिर्जना अधिकारीले नाटक यस्तो बिदा हो जहाँ निर्देशकले कलाकारलाई काम गराएपछि सबै कुरा कलाकारले सम्हाल्नुपर्ने बताइन् । उनले फिल्ममा सहयोगी हुने भएकाले कलाकारले फिल्ममा चरित्र महत्त्वपूर्ण भए पनि चरित्र टिकाउन प्रयास नगरिएको उनको बुझाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रकार महासंघमा कार्यविभाजन, १३ विभाग प्रमुख तोकिए
-
श्रमिकको न्युनतम पारिश्रमिक कार्यान्वयन गर्न विभागको ध्यानाकर्षण
-
धनुषामा ४७७ केजी गाँजासहित ट्रक चालक पक्राउ
-
गण्डकी प्रदेशका केही जिल्लामा मेघ गर्जन र चट्याङसहित वर्षा
-
मिनी ट्रकभित्र च्यापिएर एकको मृत्यु, एकजना घाइते
-
सरुवा भएकाहरू जान नमान्दा २ सचिव मुख्यमन्त्री कार्यालयको बरण्डामा