भन्सार छलीका सामान बरामद गर्न धनुषामा प्रहरीले चलायो गोली

जनकपुर । धनुषामा प्रहरीले भन्सार छलीको सामान बरामद गर्न गोली चलाएको छ । गोदाममा लुकाइ छिपाइ राखेको सामान नियन्त्रणमा लिन खोज्दा प्रहरीले हवाई फायर गर्नु परेको धनुषा प्रहरीले जनाएको छ ।
शुक्रवार धनुषाको मुखियापट्टी मुसहर्निया गाउँपालिका –६ स्थितको एक भूस गोदाममा प्रहरीले छापा मारेको थियो । उक्त गोदामबाट प्रहरीले भन्सार छलीका १४ बोरा विभिन्न सामानहरू फेला पार्यो ।
प्रहरी प्रवक्ता वरुणबहादुर सिंहका अनुसार भन्सार छलीका बरामद उक्त सामान प्रहरी कार्यालयमा ल्याउन खोज्दा केही स्थानीयवासी प्रहरीमाथि जाइलागे । स्थानीयले प्रहरीमाथि ढुङ्गामुढा गर्दै अवरोध गर्न खोजेपछि जवाफी कारबाहीमा प्रहरीले एक राउण्ड हवाई फायर गर्नुपरेको उनले बताए ।
आत्मरक्षाका लागि हवाई फायर गरिएको प्रहरी प्रवक्ता सिंहले बताए । प्रहरीका अनुसार स्थानीय बद्री यादवको भूसको गोदामबाट १४ बोरा भन्सार छलीका अवैध सामान बरामद गरिएको हो ।
बरामद बोरामा खासगरी जुत्ता, चप्पल, मोबाइलका सामानहरुसहितका अन्य सामान रहेको प्रवक्ता सिंहले जानकारी दिए ।
‘सबै सामान प्रहरी कार्यालय ल्याइसकिएको छ, अब जाँच गर्ने काम भइरहेको छ । त्यसकारण के–के सामान छन्, त्यो एक छिनमा क्लियर हुनेछ,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजतन्त्र फर्किने कुनै सम्भावना छैन : डा. बाबुराम भट्टराई
-
मेयर कप भलिबलको उपाधि षडानन्दलाई
-
१२ बजे, १२ समाचार : पर्सामा केन्द्राध्यक्षसहित चार जनाले भेटे सीडीओको कारबाहीदेखि कोशी प्रदेशको स्ववियु नतिजामा नेविसंघ पहिलोसम्म
-
भारतीय राजदूतावासमा मनाइयो २३ औँ स्वर्णजयन्ती छात्रवृत्ति दिवस
-
पाथीभरा क्षेत्रमा हिमपात
-
पर्सा सीडीओको एक्सन, केन्द्राध्यक्षसहित चार जनालाई कारबाही