चैत १५ गते काठमाडौँमा ठुलो सङ्ख्यामा आउन पर्सावासीलाई प्रचण्डको अपिल

काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चैत १५ गते काठमाडौँमा हुने विरोध सभामा ठुलो सङ्ख्यामा उपस्थित हुन पर्साका जनतालाई अपिल गरेका छन् ।
शुक्रवार जनतासँग माओवादी तराई–मधेस जागरण अभियान अन्तर्गत विन्दवासिनी गाउँपालिका वहुअर्वामा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै प्रचण्डले विरोध सभामा आउन अपिल गरेका हुन् । केपी ओली नेतृत्वको गठबन्धन सरकार उल्टो बाटोमा हिँडेकाले ठुलो सङ्ख्यामा उपस्थित भएर दबाब दिन आवश्यक भएको उनले बताए ।
‘अहिलेको सरकार भ्रष्टाचारविरुद्ध होइन संरक्षणमा जन्मिएको सरकार हो । लोकतन्त्रको मर्ममाथि प्रहार गरेर बनेको हो । यसले जनताको हितविपरित गलत निर्णय गरेर अगाडि बढेको छ । यसलाई खबरदारी गर्ने उद्देश्यले आउने १५ गते काठमाडौँमा अलि ठुलै सङ्ख्यामा जनप्रदर्शन गर्ने योजना छ । तपाईं हामी सबैको साझा लडाइँ हो । हामीले जित्नैपर्छ’, उनले भने, ‘सरकारको गलत क्रियाकलापको कारणले राम्रो गर्नेलाई दण्डित गर्ने र नराम्रो गर्नेलाई पुरस्कृत गर्ने उल्टो बाटोमा हिँडेको छ, अलि बढी नै सजग गराउनुपर्ने छ । त्यसकारण ठुलो सङ्ख्यामा उपस्थित हुन अपिल गर्न चाहन्छु । चैत १५ गतेपछि देशको राजनीति सही ट्र्याकमा आउने आधार बन्नेछ । फेरि जनताको पक्षमा काम गर्ने वातावरण बन्ने विश्वास व्यक्त गर्दछु ।’
विरोध सभामा उनले मुकेश चौरासियालाई सहिद घोषणा गराउन सरकारसँग पहलकदमी अगाडि बढाउने आश्वासन दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेखा समितिमा परेकामध्ये ४८ उजुरीमाथि छानबिन अघि बढाइने
-
तेश्रो लुम्बिनी अन्तरराष्ट्रिय ‘पिस म्याराथन’ को उपाधि अनिशलाई
-
गाजामा इजरायली आक्रमणमा कम्तीमा १३० जनाको मृत्यु
-
साइबर आक्रमणबाट जोगिन टिकटकले ल्यायो सुरक्षा चेकअप टुल
-
राप्रपा प्रवक्ताको आक्रोश : जनताको तागत नजरअन्दाज गर्नेहरूलाई अझै अग्रगमनकारी मानिदिनुपर्ने ?
-
मोरङको बेलबारी क्याम्पसको स्ववियु सभापतिमा क्रान्तिकारीका कपिल विष्ट निर्वाचित