सरकारले अपांगता भएका व्यक्तिलाई प्रयाप्त सेवा सुविधा दिन सकेनः देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले अपांगता भएका व्यक्तिहरूलाई पर्याप्त सेवा सुविधा दिन नसकेको बताएका छन् ।
पार्टीको भ्रातृसंस्था राष्ट्रिय लोकतान्त्रिक अपांग संघको प्रथम राष्ट्रिय महाधिवेशनको शुक्रबार पार्टी कार्यालय सानेपामा उद्घाटन गर्दै सभापति देउवाले मुलुकको आर्थिक विकाससँगै अपांगहरूको सेवा, सुविधा र रोजगारी अभिवृद्धिमा प्राथमिकता दिन पार्टी दृढ रहेको बताए ।
देउवाले नेपालको लोकतान्त्रिक आन्दोलनमा अपांगता भएका व्यक्तिहरूको महत्वपूर्ण योगदान रहेको बताउँदै नेपाललाई आधुनिक विकासको बाटोमा अघि बढाउने क्रममा उनीहरूको उत्प्रेरणा, सुझाव, सहयोग र सकारात्मक भूमिका सदा प्रशंसायुक्त रहेको बताए ।
देउवाले लोकतन्त्रले मात्र सबै वर्ग, क्षेत्र, लिङ्ग, वर्ण वा समुदायको हकहितको रक्षा गर्दछ भन्ने कुरा नेपालको आफ्नै अनुभवले पनि प्रष्ट पारेको बताए ।
कांग्रेसकै अगुवाइमा अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सुनिश्चित गर्न अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी अन्तराष्ट्रिय महासन्धीमा नेपालले शुरुमै हस्ताक्षर गरेको, अपाङ्गताको परिभाषा, वर्गीकरण, परिचय–पत्रको व्यवस्था, सामाजिक सुरक्षा भत्ताको शुरुवात तथा आवश्यक नीति, रणनीति, कार्ययोजना निर्माण भएको बताए ।
अपाङ्गता भएका व्यक्तिहरुको मानव अधिकारप्रति कांग्रेस संवेदनशील रहेको बताउँदै उनले महाधिवेशनले संघलाई संस्थागत रूपमा थप सक्तक्त बनाउँदै, समावेशी लोकतान्त्रिक अभियानलाई प्रवद्र्धन गर्न तथा अपाङ्गता भएका व्यक्तिहरूको हक, अधिकार र पहिचानलाई थप स्थापित गर्न दिशा मार्गनिर्देश गर्नेछ, भन्ने शुभेच्छा व्यक्त गरे ।
आजबाट सुरु भएको महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै भोलि सम्पन्न हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी मुद्राको विनिमयदर, कसको मूल्य कति ?
-
भन्सार छली र तस्करीमा सघाउन घुस खाने प्रहरीका सई पक्राउ
-
आईपीएलको सातौं खेलमा लखनउ विजयी, सनराइजर्स ५ विकेटले स्तब्ध
-
मातृशिशु मृत्युदर घटाउने अभियान सुरु
-
१२ बजे, १२ समाचार : चैत २१ देखि आन्दोलनलाई सशक्त बनाउने राजावादीको घोषणादेखि शिक्षा समिति सभापतिलाई शिक्षकले झम्टेसम्म
-
राजावादीको पत्रकार सम्मेलनअघि दुर्गा प्रसाईंले भेटे ज्ञानेन्द्र शाह