राजनीति
धवलको नेतृत्वमा आन्दोलन परिचालन समिति गठन
शुक्रबार, ०८ चैत २०८१, १६ : ५५

काठमाडौँ । पुराना पञ्चनेता नवराज सुवेदीको नेतृत्वमा गठित ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ अन्तर्गत राप्रपाका नेता डा.धवलशमशेर राणा नेतृत्वको जनआन्दोलन परिचालन समितिले विभिन्न समितिहरू गठन गर्ने निर्णय गरेको छ ।
संवैधानिक राजसंस्था र सनातन हिन्दुराज्य पुनर्स्थापना, सङ्घीयता खारेजी, भ्रष्टाचार नियन्त्रण र सुशासन बहालीको पक्षधर राजनैतिक दल, सङ्घसंस्था तथा अभियानहरूको प्रतिनिधि सहभागी बैठकले उक्त निर्णय गरेको हो l
बैठकले 'जनआन्दोलन'लाई व्यवस्थित एवं प्रभावकारी बनाउन उपसमितिहरू समेत गठन गर्दै लैजाने निर्णय पनि गरेको छ । आन्दोलन परिचालन समिति र मातहत विभिन्न विभाग तथा समितिमा एकताबद्ध भई सहकार्य गर्न सबै राष्ट्रवादी देशभक्त नागरिक, अभियान तथा राजनैतिक दलहरूलाई हार्दिक अपिल समेत गरेको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मजगैयाँको गजल गीत ‘के छ ओइ सान्नानी’मा सुधिर र उषाको अभिनय
-
पर्यटक लोभ्याउँदै लालीगुराँस, तस्बिरहरू
-
बच्चालाई आमाबाबुसँग सुताउने कि अलग्गै ?
-
राष्ट्रपति पौडेलसहित उच्चपदस्थ व्यक्तिलाई बाँसका कुर्सी र टेबल उपहार
-
भावी पुस्ताका लागि पानीको रक्षा गरौँ : भारतीय प्रधानमन्त्री मोदी
-
इरानको विश्वास जित्ने प्रयास गर्दै अमेरिका