शुक्रबार, १५ चैत २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रातिदेखि आइतबार साँझसम्म मौसम खराब हुने

शुक्रबार, ०८ चैत २०८१, १६ : ५२
शुक्रबार, ०८ चैत २०८१

काठमाडौँ । आज रातिदेखि आइतबार साँझसम्म मौसम केही खराब हुने सम्भावना देखिएको छ । आज रातिबाट देशैभरका हिमाली क्षेत्रका एक–दुई ठाउँमा हल्का हिउँ पर्ने सम्भावना छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार देशैभरका पहाडी क्षेत्रका थोरै ठाउँहरूमा भने मेघ गर्जन र चट्याङसहित हल्का पानी पर्ने सम्भावना छ । तराईको हकमा कोशी र मधेस प्रदेशमा मात्रै यस्तो सम्भावना छ ।  

चैत ९ गते पनि देशैभरका हिमाली क्षेत्रका थोरै ठाउँहरूमा हिउँ पर्ने सम्भावना छ । देशैभरका पहाड र तराईका कतिपय ठाउँहरूमा हल्का पानी पर्ने समेत विभागले जनाएको छ ।

चैत १० गते भने कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका एक–दुई ठाउँमा हल्का हिउँ पर्ने सम्भावना छ । 

यी तीनै प्रदेशका पहाडी र तराई क्षेत्र सहित मधेस प्रदेशका थोरै ठाउँहरूमा मेघ गर्जन र चट्याङ सहित हल्का पानी पर्ने देखिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप