यस्तो छ ‘कर्मा’को गीत ‘सारी लगाइदेउ’

काठमाडौं । यही चैत २९ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘कर्मा’को गीत सार्वजनिक गरिएको छ । ‘सारी लगाइदेउ’ बोलको गीतमा सलिना बिकको स्वर, सुष्मा सिग्देलको शब्द तथा भास्कर स्वारको संगीत रहेको छ भने स्वार र सुवास पौडेलको संयुक्त एरेन्ज गीतमा छ ।
नेपाली समाजका टिपिकल शब्द प्रयोग गरिएको गीतले सांस्कृतिक झल्को दिन्छ । विशेषगरी रत्यौली संस्कृतिमा यो गीत तयार पारिएको छ ।
माया–प्रेम दर्शाउँदै व्यंग्य गरेको गीतले मर्दपनको पनि कुरा गर्छ । संस्कृतिभित्र प्रेम र व्यंग्य एकसाथ मिसाइएको गीतले दर्शकको मन जित्ने निर्माण पक्षको विश्वास छ ।
कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोमा फिल्मका मुख्य कलाकार विपीन कार्की, उपासना सिंह ठकुरी लगायतको अभिनय छ ।
गीतमा अभिनेता विपिन महिलाको पहिरन र मेकअपमा देखिँदा भिडयो ठट्यौली र रमाइलो पनि देखिएको छ । यो रत्यौलीको परम्परा र विश्वास पनि हो ।
‘कर्मा’मा विपीन र उपासनासँगै मुकुन भुसाल, सरिता गिरी, दिब्यदेब, बेन बस्नेत, सुज्यान सिलवाल, अनिल बुढाथोकी, निर्मल शर्मालागायतको अभिनय छ । नयाँ वर्ष २०८२ को छेको पारेर फिल्म प्रदर्शन हुन लागेको हो ।
एक्सन र सस्पेन्समा ‘कर्मा’को कथा घुमेको छ । ‘कर्मा’ले अन्तर्राष्ट्रिय प्रदर्शन र बिक्रीको अधिकार सेभेन सिज सिनेमाले लिएको छ ।
फिल्ममा स्वाँरको संगीत निर्देशन, गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन र निमेष श्रेष्ठको सम्पादन रहेको छ ।
आर्टिस्टिक इन्टरटेनमेन्टको प्रस्तुति रहेको ‘कर्मा’ मा वसन्त लम्सालको लगानी रहेको छ । आर्टिस्टिक इन्टरटेनमेन्टले निर्माण गरेको यो पहिलो फिल्म हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कपाल झरेर हैरान हुनुहुन्छ ? यी खानेकुरा आजैदेखि खान थाल्नुहोस्
-
तीस करोड लागतमा अस्पताल भवन निर्माण
-
क्यानेडेली प्रधानमन्त्री कार्नीले भने-अमेरिकासँगको पुराना सबै नाता सम्बन्ध समाप्त
-
गणतन्त्रवादीले भृकुटीमण्डपमा, राजावादीले तीनकुनेमा शक्ति प्रदर्शन गर्दै, ३५ सय प्रहरी परिचालन
-
महालक्ष्मीको बार आज कसलाई कति लाभदायी ? हेरौं राशिफल
-
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षा र हावाहुरीको सम्भावना