बाढी प्रभावित चलचित्रकर्मीलाई कल्याणकारी कोषको सहयोग

काठमाडौँ । नेपाली चलचित्र क्षेत्रका विपन्न तथा पीडित चलचित्रकर्मीलाई सहयोग गर्दै आएको चलचित्रकर्मी कल्याणकारी कोषले बाढी प्रभावित चलचित्रकर्मीहरूलाई पनि सहयोग गरेको छ ।
कोषले प्रत्येक पीडित चलचित्रकर्मीलाई ४५ हजारको दरले राहत प्रदान गरेको हो । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी र चलचित्रकर्मी कल्याणकारी कोषकी अध्यक्ष बसुन्धरा भुसालले उक्त सहयोग प्रदान गरे ।
विगतमा गम्भीर रोगी तथा आर्थिक रूपमा कमजोर चलचित्रकर्मीलाई मात्र सहयोग गर्दै आएको कोषले पहिलो पटक यसरी सहयोग गरेको हो ।
यस योजना अन्तर्गत नेपाल चलचित्र कलाकार संघ, नेपाल चलचित्र प्राविधिक संघ र नेपाल चलचित्र द्वन्द्व कलाकार संघका सदस्यहरू यादव सिटौला, शिवप्रसाद चोलागाईं, सन्तु तामाङ, कुलप्रसाद हुमागाईं, गोकुल हुमागाईं, ज्ञानबहादुर तामाङ, र फणिन्द्रबहादुर विकलाई राहत प्रदान गरिएको छ ।
कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष डीसीले चलचित्रकर्मीको हितका लागि बोर्ड निरन्तर क्रियाशील रहने बताए । उनले चलचित्रकर्मीहरूका समस्या समाधान गर्न चलचित्र विकास बोर्ड सधैं संवेदनशील रहेको धारणा राखे ।
कार्यक्रममा कोषकी अध्यक्ष बसुन्धरा भुसालले राहत वितरण कार्यक्रमलाई निरन्तरता दिने बताइन् । उनले चलचित्र क्षेत्रका श्रमिकहरूको सुरक्षाका लागि कोषले आफ्नो जिम्मेवारी सधैं पूरा गर्ने धारणा राखेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्यटकीय गन्तव्य बन्दै कैलाश–वैकुण्ठ क्षेत्र (तस्बिरहरू)
-
कपाल झरेर हैरान हुनुहुन्छ ? यी खानेकुरा आजैदेखि खान थाल्नुहोस्
-
तीस करोड लागतमा अस्पताल भवन निर्माण
-
क्यानेडेली प्रधानमन्त्री कार्नीले भने-अमेरिकासँगको पुराना सबै नाता सम्बन्ध समाप्त
-
गणतन्त्रवादीले भृकुटीमण्डपमा, राजावादीले तीनकुनेमा शक्ति प्रदर्शन गर्दै, ३५ सय प्रहरी परिचालन
-
महालक्ष्मीको बार आज कसलाई कति लाभदायी ? हेरौं राशिफल