चोरीका २७१ मोबाइल सार्वजनिक

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले बिहीबारमात्र ठूलो परिमाणमा चोरीका मोवाइल चोरीमा सलग्नहरूलाई पक्राउपछि सार्वजनिक गरेको छ ।
परिसरले पत्रकार सम्मेलनमा विभिन्न कम्पनी र मोडलका जगातीबाट २७१ वटा चोरीका मोवाइल, ल्यापटप, र ट्याव बरामद गरेको जानकारी दिदै बरामद सामान सार्वजनिक गरेको हो ।
मोवाईल चोरी गरेर वेच्नेमा संलग्न सात जना व्यक्तिलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा काभ्रेका प्रमोद परियार, गुनराज न्यौपाने, रौतहटका हेमन्त रानामगर, दोलखाका शम्भु विश्वकर्मा, सिन्धुपाल्चोकका राजेश चालिसे, दोलखाका सविन पाण्डे र काठमाडौंका प्रकाश कटवाल रहेका छन् ।
बरामद मोवाइलहरुको डिस्क्रिप्सन फेसबुक पेजमा पोष्ट गर्ने र सम्बन्धित व्यक्तिले सम्पर्क गरेर लैजान सक्ने प्रहरी परिसर प्रमुख विश्वाराज अधिकारीले बताए । काठमाडौं प्रहरीले गतआर्थिक बर्ष २०७९/८० मा १६ सय ५०, २०८०/८१ मा ३ हजार २८ र ८१/८२ मा २२८८ वटा चोरीका मोवाइल फेला पारेर फिर्ता गरेको जनाएको छ । विगत डेढ महिनाको अवधिमामात्र ४८८ वटा मोबाइल फेला पारेर बुझाएको पनि प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सञ्चो’ कम्पनीमा २८ करोड क्षति : पुनः सञ्चालन सम्भव छ ?
-
हरेक दिन २० पुस-अप गर्नुहोस्, पाउनुहुनेछ ५ परिवर्तन
-
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
-
कंगोको राजधानीमा मुसलधारे वर्षाका कारण ३० जनाको मृत्यु
-
छ वर्षपछि उत्तर कोरियामा प्योङयाङ म्याराथन, विदेशीहरूको पनि सहभागिता
-
गर्मीमा हरेक दिन एक टुक्रा काँचो प्याज खानुका ७ फाइदा