परराष्ट्रमन्त्री आरजु राणा स्वदेश फिर्ता

काठमाडौँ । परराष्ट्र मन्त्री आरजु देउवा राणा भारत भ्रमण सकेर स्वदेश फर्किएकी छन् । उनी नियमित स्वास्थ्य जाँच, तीर्थस्थल भ्रमण तथा रायसिना डायलगमा भाग लिन फागुन २६ गते त्यसतर्फ गएर शुक्रवार स्वदेश फर्किएकी हुन् ।
भारत भ्रमणका क्रममा राणाले भारतीय समकक्षी डा.एस जयशंकर, माल्दोभाका उपप्रधानमन्त्री, जर्जिया, युक्रेन र फिलिपिन्सका मन्त्रीहरु लगायतसँग छुट्टाछुट्टै भेटवार्ता गरेकी थिइन् । त्यसक्रममा जयशंकरसँगको भेटमा नेपाल र भारतबिचमा रहेका दुई पक्षीय संयन्त्रका बैठकहरूमा भएका प्रगतिको समीक्षा भएको परराष्ट्र मन्त्री राणाले जानकारी दिइन् । त्यस्तै भेटमा नेपालमा आपूर्ति विद्युत् परिणाम बढाउन आग्रह गरेको पनि मन्त्री राणाको भनाइ छ ।
भारत भ्रमणमा रहँदा मन्त्री राणाले अमेरिकाका राष्ट्रिय सुरक्षा परिषद्का वरिष्ठ निर्देशक रिक्की गेलसँगको भेटमा अमेरिकाले नेपाललाई दिँदै आएको आवश्यक सहयोगको निरन्तरताका लागि आग्रह गरेकी थिइन् ।
त्यसक्रममा हमासले बन्धक बनाएका विपिन जोशीको रिहा तथा एमसीसीबारे पनि कुराकानी भएको मन्त्री राणाले जानकार दिँदै युक्रेनी समकक्षीसँगको भेटमा उक्त देशमा बन्दीका रूपमा रहेका सात जना नेपाली नागरिकलाई रिहाइ र स्वदेश फिर्ताका लागि आग्रह गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षक र सञ्चारकर्मीमाथिको दमन निन्दनीय छ : माओवादी केन्द्र
-
शिक्षकहरूको शान्तिपूर्ण आन्दोलनमाथि सरकारले दमन गर्यो : क्रान्तिकारी कम्युनिस्ट पार्टी
-
तीन अर्ब सन्ताउन्न करोड बराबरको चिया निर्यात
-
भोजपुर गोल्डकप : भोजपुरलाई हराउँदै भारतको जर्जियन क्लब विजयी
-
पोखरा विश्वविद्यालयको रजिष्ट्रारमा सहप्राडा थापा
-
‘बौद्धदर्शनको प्रसारमा योगदान गर्ने व्यक्तित्वबारे अनुसन्धान गरिने’