हसन नवाजको पहिलो अन्तर्राष्ट्रिय शतकसँगै पाकिस्तानले न्युजिल्यान्डलाई हरायो

काठमाडौँ । पाकिस्तानी टोलीले शुक्रबार खेलिएको तेस्रो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा घरेलु टोली न्युजिल्यान्डलाई नौ विकेटले पराजित गरेको छ । पाँच खेलको शृंखलामा न्युजिल्यान्ड अझै २–१ ले अगाडि छ । शृंखलाको चौथो खेल आइतबार खेलिने छ ।
टस हारी पहिले ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले १९.५ ओभरमा अलआउट हुनुअघि दुई सय चार रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको पाकिस्तानले भने १६ ओभरमै केवल एक विकेट गुमाएर दुई सय सात रन बनाउँदै विजयलक्ष्य पार गर्यो ।
पाकिस्तानको जितमा ओपनर हसन नवाजले शतकीय पाली खेले । उनले अविजित एक सय पाँच रनको योगदान गरे । आक्रामक रुपमा प्रस्तुत भएका उनले केवल ४५ बलको सामना गरी सात छक्का र १० चौका हिर्काए । २२ वर्षीय हसन नवाजले अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको यो पहिलो शतक हो ।
ओपनर मोहम्मद ह्यारिसले पनि ४१ रन बनाए । उनले केवल २० बलमा तीन छक्का र चार चौका पनि प्रहार गरे । टोलीको जितमा कप्तान सलमान अघाले पनि उत्कृष्ट अर्धशतकीय पाली खेले । तेस्रो नम्बरमा क्रिज समाल्न आएका उनले अविजित ५१ रनको योगदान गरे ।
उनले केवल ३१ बलमा दुई छक्का र ६ चौका हिर्काए । ३१ वर्षीय सलमान अघाले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको यो पहिलो अर्धशतक हो । पाकिस्तानको एकमात्र विकेट किविज बलर ज्याकब डफीले लिए । त्यसअघि, न्युजिल्यान्डका लागि मार्क चपम्यानले ९४ रन बनाएका थिए । तर, टोलीको जितका लागि त्यो पर्याप्त हुन सकेन । उनले केवल ४४ बलको सामना गरी चार छक्का र ११ वटा चौका पनि हिर्काएका थिए ।
कप्तान माइकल ब्रासवेलले पनि ३१ रन बनाए । ओपनर टिम सिफर्टले १९ रन जोडे । ड्यारल मिचेलले १७ रन बटुले । ईश सोढी १० रन बनाउँदै आउट भए । पाकिस्तानका बलर ह्यारिस रउफले तीन तथा साहिन शाह अफरिदी, अबरार अहमद र अब्बास अफरिदीले दुई–दुई विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय युवासंघको महाधिवेशन जेठ ९ देखि, ५५५ सदस्यीय व्यवस्थापन समिति गठन
-
संसद् अवराेध खुलाउनेबारे सभामुखद्वारा प्रमुख सचेतकहरूसँग छलफल
-
काठमाडौँमा गोगोरोको ४५ ब्याट्री स्वाप स्टेसन सञ्चालनमा
-
सिटिटेकको गेटपे प्लेटफर्म माछापुच्छ्रे बैंकमा
-
हिन्दी गीत ‘तुझ्मे खोया तुझ्मे पाया’मा सुशान्त र सृष्टिको अभिनय
-
भृकुटीमण्डपमा प्रचण्डसहित ४ नेताले मात्र सम्बोधन गर्ने