शुक्रबार, १५ चैत २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

एलिनाको गीतबाट अशोक शर्माकी छोरी कृतिले गरिन् अभिनयमा डेब्यु

शुक्रबार, ०८ चैत २०८१, १४ : ३६
शुक्रबार, ०८ चैत २०८१

काठमाडौँ । वरिष्ठ निर्देशक, निर्माता तथा कलाकार अशोक शर्माकी छोरी कृति शर्माले अभिनय करिअर सुरु गरेकी छन् । उनले ‘रिटिङ् र्‍याइँर्‍याइँ’ बोलको म्युजिक भिडियोबाट अभिनयमा डेब्यु गरेकी हुन् ।

वसन्त थापा र एलिना चौहानको स्वर, राजेन्द्र थापाको शब्द र गायक थापा स्वयंको सङ्गीत रहेको गीतको भिडियोमा कृतिले मोडल सुनिल क्षेत्रीसँग नृत्य गरेकी छन् । 

कृतिले यसअघि दुई फिल्म ‘पानी फोटो’ र ‘रातो टीका निधार’ मा सहायक निर्देशकको रूपमा काम गरेकी थिइन् ।  अमेरिकाबाट फिल्म मेकिङमा ब्याचलर गरेकी उनलाई पिता अशोक शर्माले ‘अल्लारे २’ को निर्देशनको जिम्मेवारी सुम्पिएको चर्चा छ । 

शर्माले फिल्म ‘रातो टीका निधारमा’ बाट छोरा अङ्कित शर्मालाई अभिनेताको रूपमा डेब्यु गराएका थिए । कृतिले आगामी दिनमा राम्रो म्युजिक भिडियोबाट प्रस्ताव आएको खण्डमा अभिनयलाई निरन्तरता दिने बताएकी छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप