शुक्रबार, १५ चैत २०८१
ताजा लोकप्रिय

पाँच वर्षपछि बन्यो हिट गीत ‘जेल पनि सहुँला’ को सिक्वेल

शुक्रबार, ०८ चैत २०८१, १४ : ३१
शुक्रबार, ०८ चैत २०८१

काठमाडौँ । पछिल्लो समय गीत संगीतको पनि सिक्वेल र रिमेक बन्ने क्रम बढेको छ । यस्तैमा पाँच वर्ष अघिको हिट गीत ‘जेल पनि सहुला’ को सिक्वेल सार्वजनिक भएको छ । 

‘जेल पनि सहुला–२’ नाम दिइएको गीतमा गायिका मेलिना राई र गायक बलबहादुर राजवंशीको स्वर छ । गतिको भिडियोमा अभिनेता रियल जोडी अभिनेता जीवन भट्टराई र अभनेत्री लक्ष्मी बर्देवाको अभिनय छ । गीतको भिडियोमा शिक्षिका र कार्यालय सहयोगीको प्रेम देखाइएको छ । 

अघिल्लो गीतमा उनीहरु प्रेममा सम्बन्धमा स्थापित भएको देखाइएको थियो । यसमा भने उनीहरुले प्रेम सम्बन्धलाई पूर्णता दिन सहर छिरेको देखाइएको छ । भिडियो जीवन र लक्ष्मीले नै निर्देशन गरेका हुन् । यो जोडीले अहिलेसम्म करिब चार दर्जन म्युजिक भिडियोमा सहकार्य गरेका छन् ।

गीतलाई दर्शकबाट धेरै माया पाएकाले सिक्वेल निर्माण गरेको निर्देशकसमेत रहेकी नायिका लक्ष्मी बताउँछिन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप