शुक्रबार, १५ चैत २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रुसी गायक लुजिन काठमाडौँमा

शुक्रबार, ०८ चैत २०८१, १४ : २६
शुक्रबार, ०८ चैत २०८१

काठमाडौँ । रुसी गायक मिसा लुजिन काठमाडौँ आएका छन् । धुलिखेलमा आयोजना हुने ‘वर्ल्ड यूथ फेस्टिभल २०२५’ मा सहभागी हुन उनी बिहीबार नेपाल आएका हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भादगाउँले टोपी सहित फेस्टिभलका मनोरञ्जन प्रमुख दयाराम पाण्डेले स्वागत गरे । 

केही चर्चित रुसी फिल्ममा समेत आवाज दिएका गायक लुजिनले फेस्टिभलमा प्रस्तुति दिनेछन् । उनको अलवा फेस्टिभलमा भारत, बङ्गलादेश, भुटान, श्रीलङ्का, बेलायत, बेल्जियम लगायतका मुलुकका कलाकार पनि आउने भएका छन् ।

चैत १४ गतेदेखि १८ गतेसम्म काठमाडौँ विश्वविद्यालयमा हुने फेस्टिभलमा फिल्म, साहित्य, सङ्गीत, स्वास्थ्य, शिक्षा, राजनीतिबारेका तीन दर्जन छलफल सत्र हुनेछन् । एलिना चौहान, अस्मिता अधिकारी, शान्तिश्री परियार, बद्री पङ्गेनी, महेश काफ्ले, दीपक लिम्बु, माण्डवी त्रिपाठी, श्रीकृष्ण बम मल्ल लगायतको पनि प्रस्तुति रहने आयोजकले जानकारी दियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप