शीतभण्डार सञ्चालन गर्न निजी क्षेत्र खोज्दै गाउँपालिका

नवलपरासी । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–४ नर्सरीमा बनेकोे शीतभण्डार (चिस्यान केन्द्र) सञ्चालनका लागि गाउँपालिकाले व्यवसायी खोज्न थालेको छ ।
पाँच करोडभन्दा बढी लागतमा बनेको शीतभण्डार पूर्व तयारीबिना बनाईएकाले सञ्चालनका ल्याउन कठिनाई भएकोले निजी क्षेत्रसँग सहकार्य गर्नुपर्ने निष्कर्षमा पुगेको पालिका अध्यक्षले बताए ।
गाउँपालिकाको मुख्य बाली उखु र केराखेती हो । तर, शीतभण्डारमा आलु र प्याज मात्रै राख्न मिल्ने भएकाले शीतभण्डार प्रयोगमा नआएको अध्यक्षको भनाइ छ । ‘यहाँको आवश्यकता पहिचान नै नगरी अघिल्लो कार्यकालमा शीतभण्डार बनाइयो, जसकारण यसको प्रयोग हुनसकेको छैन । ठूलो लगानीमा बनेको शीतभण्डार प्रयोगमा नआउनु चिन्ताको विषय हो । त्यसैले निजी क्षेत्रलाई ठेक्कामा दिएर यसको उपयोग गर्ने सोच बनाइएको अध्यक्षको भनाई छ ।
गाउँपालिका उपाध्यक्ष गीता चौधरीले निजी क्षेत्रबाट शीतभण्डार सञ्चालनका लागि कार्यविधि तयार गरिएको जानकारी दिईन् । गाउँपालिका आफैँले शीतभण्डार सञ्चालनका लागि धेरै प्रयास गरे पनि सफल नभएको बताउँदै उनले बताइन् ।
एक हजार मेट्रिकटन क्षमताको उक्त शीतभण्डार लुम्बिनी प्रदेश सरकार र गाउँपालिकाको संयुक्त लगानीमा शीतभण्डार निर्माण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हामी सशक्त,एकीकृत र बलियो एनआरएनए देख्न चाहान्छौँ : परराष्ट्र सचिव
-
जापानलाई उछिनेर क्यालिफोनिर्या बन्यो चौथो ठुलो अर्थतन्त्र
-
प्रचण्डलाई गोरखामा ऊनको हाफकोट उपहार
-
वार्ता चाहेको हो भने ट्यारिफ रद्द गर: चीन
-
गाजामा इजरायली आक्रमणमा कम्तीमा ५० जनाको मृत्यु
-
पाकिस्तानी हिन्दुहरूको भिसाबारे भारतको विदेश मन्त्रालयले दियो यस्तो स्पष्टीकरण