उच्च अदालत पुगेर लामिछानेले भने– सरकारको लाज छोपिदिन विभिन्न जिल्ला अदालत पुगिरहेको छु

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूले बोले दुई तिहाइको सरकारलाई अप्ठ्यारो पर्ने भएकाले नबोलेर चुप बसेको प्रतिक्रिया दिएका छन् ।
शुक्रवार काठमाडौँ जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पाटनमा निवेदन दर्ता गरेपछि पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै समय आएपछि बोल्ने बताए ।
‘म आवेग र उत्तेजनामा छैन । अहिले मैले बोलेँ भने दुई तिहाइको सरकारलाई गाह्रो पर्ला । बोल्यो भनेर गाह्रो भएको पनि होला, जब बोल्ने समय आउँछ तब केहीको बोली नै बन्द हुने अवस्था आउँछ’, लामिछानेको भनाइ छ ।
उनले मुलुकमा गम्भीर अवस्था आएको पनि बताए । तर उनले त्यो गम्भीर अवस्थाबारे भने खुलाएनन् । बरु उनले अहिलेको सरकार नाङ्गिएको दाबी गर्दै सरकारको लाज छोपिदिन मात्र आफू विभिन्न जिल्ला अदालत पुगिरहेको सुनाए । ‘समय आउँदै छ, म सबैलाई भन्न चाहन्छु ‘गेट रेडी फर द रेभुलेशन’।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
संरक्षणको पर्खाइमा सेकुङ ताल
-
इटालियन सिरी’एमा इन्टर मिलानको ‘सहज उपाधि यात्रा’मा धक्का
-
प्रिमियर लिगको उपाधि उचाल्न लिभरपुलले अझै कुर्नु पर्ने, आर्सनल जित्दा फेरियो माहोल
-
वानखेडेमा मुम्बईको शानदार जित, चेन्नई हेरेको हेर्यै
-
मनाङमा मोटर चलेको १५ वर्षपछि सार्वजनिक बस सेवा सञ्चालन
-
१२ बजे, १२ समाचार : राप्रपा नेता धवलशमशेरलाई हाजिर जमानीमा छाडियोदेखि रविकी पत्नी निकिताले दायर गरिन् रिटसम्म