पुरूषोत्तम न्यौपाने सांगीतिक साँझको तयारीमा दोहोरी गीत प्रतिष्ठान

काठमाडौँ । वरिष्ठ लोक तथा दोहोरी गायक पुरूषोत्तम न्यौपाने एकल सांगीतिक साँझमा आयोजना हुने भएको छ । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले पोखरा सभागृहमा यही चैत २२ गते शुक्रबार ‘पुरूषोत्तम न्यौपाने सांगीतिक साँझ’ आयोजना गर्न लागेको हो । साँझमा गायक न्यौपानेले आफ्ना रूचाइएका गीतहरू लाइभ बाजामा प्रस्तुत गर्नेछन् ।
कार्यक्रममा उनले गीतमा सहकार्य गरेका केही चर्चित गायिकाले समेत साथ दिनेछन् । थुप्रै चर्चित लोक तथा दोहोरी कलाकारहरू समेत सहभागी हुने सांगीतिक साँझमा उपस्थितहरू न्यौपानेका गीतमा नाच्ने र झुम्नेछन् ।
आयोजक दोहोरीगीत प्रतिष्ठान सांगीतिक साँझको तयारीमा लागि परेको छ । सांगीतिक साँझलाई भव्य बनाउने गरी आफूहरूले तयारी गरिरहेको प्रतिष्ठानकी अध्यक्ष रीता थापा मगरले बताइन् । प्रतिष्ठानले गत वर्षदेखि एकजना अग्रज लोकदोहोरी कलाकारको सांगीतिक साँझ आयोजना गर्न सुरू गरेको हो । यसै क्रममा गतबर्ष वरिष्ठ गायक तथा संगीतकार नारायण रायमाझीको सांगीतिक साँझ आयोजना गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुलमान घिसिङको रिटमाथि सुनुवाइ सुरु
-
सकियो एसईई, सम्झना र मायाको चिनो स्वरूप एकअर्काको टिसर्टमा लेखियो सन्देश (तस्बिरहरू)
-
राष्ट्रिय युवासंघको महाधिवेशन जेठ ९ देखि, ५५५ सदस्यीय व्यवस्थापन समिति गठन
-
संसद् अवराेध खुलाउनेबारे सभामुखद्वारा प्रमुख सचेतकहरूसँग छलफल
-
काठमाडौँमा गोगोरोको ४५ ब्याट्री स्वाप स्टेसन सञ्चालनमा
-
सिटिटेकको गेटपे प्लेटफर्म माछापुच्छ्रे बैंकमा