आर्मी क्लबको छैटौँ जित, गण्डकी प्रदेशलाई सजिलै हरायो

काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा विगभागी टोली त्रिभुवन आर्मी क्लबले छैटौँ जित हात पारेको छ । आर्मी क्लबले शुक्रबार खेलिएको खेलमा तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्द्वी गण्डकी प्रदेशलाई ६ विकेटले पराजित गर्यो ।
जारी प्रतियोगितामा हालसम्म सात खेल खेलेको आर्मी क्लब १२ अंकसहित तालिकाको दोस्रो स्थानमा आसिन छ । आर्मी क्लबले ६ खेलमा जित र एक खेलमा हारको नतिजा निकालेको छ । गण्डकी प्रदेशको भने सात खेलमा यो छैटौँ हार हो । गण्डकी प्रदेश एक खेलमा मात्र विजयी भएको छ ।
दाङको लमही क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको गण्डकी प्रदेशले ३०.३ ओभरमै अलआउट हुनुअघि एक सय १६ रनमात्र बनाउन सक्यो । जवाफमा आर्मी क्लबले २६.५ ओभरमै केवल चार विकेट गुमाएर विजयलक्ष्य पुरा ग¥यो ।
आर्मी क्लबको जितमा ओपनर तृतराज दासले ३७ रनको योगदान गरे । बसिर अहमदले पनि अविजित ३२ रन बनाए । सोमपाल कामी १० रनमा अविजित रहे । भीम सार्कीले १४ र ईमरान शेखले १२ रन बटुले । आर्मी क्लबले अतिरिक्त रुपमा ११ रन पायो ।
त्यसअघि, गण्डकी प्रदेशका लागि ओपनर अर्जुन कुमालले ३३ रन बनाएका थिए । दीपक डुम्रेले पनि १९ रन जोडेका थिए । कमल परियारले १७ र कप्तान विपिन खत्रीले १५ रन बनाए । गण्डकी प्रदेशले अतिरिक्त रुपमा १२ रन पायो ।
आर्मी क्लबका बलर साहब आलम एक्लैले पाँच विकेट लिए । उनले १० ओभरमा एक मेडन राख्दै ४२ रन खर्चिएका थिए । कुशल मल्ल र नरेन साउदले पनि दुई–दुई विकेट हात पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्यटकीय गन्तव्य बन्दै कैलाश–वैकुण्ठ क्षेत्र (तस्बिरहरू)
-
कपाल झरेर हैरान हुनुहुन्छ ? यी खानेकुरा आजैदेखि खान थाल्नुहोस्
-
तीस करोड लागतमा अस्पताल भवन निर्माण
-
क्यानेडेली प्रधानमन्त्री कार्नीले भने-अमेरिकासँगको पुराना सबै नाता सम्बन्ध समाप्त
-
गणतन्त्रवादीले भृकुटीमण्डपमा, राजावादीले तीनकुनेमा शक्ति प्रदर्शन गर्दै, ३५ सय प्रहरी परिचालन
-
महालक्ष्मीको बार आज कसलाई कति लाभदायी ? हेरौं राशिफल