संसदमा दुई सांसदले व्यक्त गरेको धारणाप्रति भाटभटेनीको ध्यानाकर्षण

काठमाडौँ । भाटभटेनी सुपरमार्केटले प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा सांसदद्वय गंगा कार्की र मनिष झाले व्यक्त गरेको धारणाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
अध्यक्ष मिनबहादुर गुरुङले जारी गरेको विज्ञप्तिमा सार्वभौम जनताका प्रतिनिधिमूलक थलो प्रतिनिधिसभामा व्यक्त भएका धारणाहरू तथ्यमा आधारित हुनुपर्छ भन्ने मान्यतामा आफूहरूले विश्वास गर्ने उल्लेख गरेका छन् ।
तर, सिन्धुपाल्चोकमा समातिएको ट्रकमा ल्याइएको ‘अवैध भेप’ भाटभटेनीको भनी उनीहरूले व्यक्त गरेको धारणामा कुनै पनि सत्यता नभएको उनको भनाइ छ ।
‘तातोपानी भन्सारबाट सिल लगाएर पास गरिएको सामग्रीबाहेक चालक तथा सहचालकले गर्ने हरेक कमजोरीको जिम्मेवारी आयातकर्ताको जिम्मेवारीभित्र नपर्ने जानकारी गराउन चाहन्छौँ’, गुरुङको विज्ञप्तिमा भनिएको छ ।
तर, तातोपानीबाट सिल गरिएको कन्टेनरका चालकले आफू बस्ने सिटमुनि राखी ल्याएको ‘अवैध भेप’सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको हुनाले भाटभटेनीको भनी जनताका प्रतिनिधिले नै ‘ठोकुवा गर्नु’ खेदजनक कार्य भएको विज्ञप्तिमा उल्लेख छ ।
मुलुकको समृद्धि र राष्ट्र निर्माणको अभियानको अग्रणी कर्पोरेट संस्थाका बारेमा फैलाइएको कपोलकल्पित, भ्रामक सूचनाका पछि नलाग्न समेत भाटभटेनीले आम नागरिकमा अपिल गरेको छ ।
यस्तै भाटभटेनीले पक्राउ परेका चालकलाई राज्यका निकायले निष्पक्ष ढंगले अनुसन्धान गरी सत्य तथ्य बाहिर ल्याउने विश्वास व्यक्त गरेको छ ।
अर्बौँ रुपैयाँ दान दातव्यमा खर्च गरिरहेको संस्थाको बदनामी गराउन ‘अवैध भेप’लाई जोडेर प्रचार गरिनु राम्रो काम गर्ने व्यक्तिको मानसिकता कमजोर तुल्याउने षडयन्त्र हो भन्ने आफूहरूको ठहर रहेको पनि भाटभटेनीको भनाइ छ ।
‘एकजना चालकले गरेको अपराधसँग जोडेर भाटभटेनीजस्तो अग्रणी कर्पोरेट संस्थाको बदनाम गराउने कार्यमा नलाग्नुहुन पनि अपिल गर्दछौँ’, भाटभटेनीको भनाइ छ, ‘साथै सत्ताको नेतृत्व गरिरहनुभएका सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यू, नेकपा एमालेसँग पनि जोडेर राखिएका धारणाको जिम्मेवारी स्वयम् माननीय सदस्यहरू नै हुनुहुनेछ भन्ने हामीलाई लागेको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कपाल झरेर हैरान हुनुहुन्छ ? यी खानेकुरा आजैदेखि खान थाल्नुहोस्
-
तीस करोड लागतमा अस्पताल भवन निर्माण
-
क्यानेडेली प्रधानमन्त्री कार्नीले भने-अमेरिकासँगको पुराना सबै नाता सम्बन्ध समाप्त
-
गणतन्त्रवादीले भृकुटीमण्डपमा, राजावादीले तीनकुनेमा शक्ति प्रदर्शन गर्दै, ३५ सय प्रहरी परिचालन
-
महालक्ष्मीको बार आज कसलाई कति लाभदायी ? हेरौं राशिफल
-
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षा र हावाहुरीको सम्भावना