लेखा समितिद्वारा उजुरी छानबिन गर्न ७ वटा कार्यदल गठन, कुनमा कसको नेतृत्व ?

काठमाडौँ । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले उजुरी छानबिन गर्न ७ वटा उपसमिति गठन गरेको छ । समितिका सदस्य सञ्जय गौतम नेतृत्वको उपसमितिले आफ्नो कार्यक्षेत्रभित्र पर्ने ४८ वटा उजुरीउपर छानबिन गर्न यस्तो सुझाव दिएपछि कार्यदल गठन गरिएको हो ।
त्यसमध्ये टेलिकम, दूरसञ्चार र टेलिभिजनसम्बन्धी उजुरी हेर्न मनिष झा नेतृत्वमा कार्यदल गठन गरिएको छ । त्यस्तै, अर्थ मन्त्रालय, गैरकानूनी बीमा, मोबाइल बैंकिङ र एमसीसी सम्बद्ध उजुरीका सम्बन्धमा छानबिन गर्न गोकुल बाँस्कोटा नेतृत्वमा कार्यदल बनाइएको छ ।
त्यस्तै, संस्कृति पर्यटन तथा नागरिक उड्डयन तथा परराष्ट्र मन्त्रालय सम्बद्ध उजुरीका लागि लेखनाथ दाहाल तथा विद्युत प्राधिकरण तथा सहरी विकास मन्त्रालयसम्बद्ध उजुरीको छानविनका लागि प्रेम आलेको नेतृत्वमा कार्यदल बनाइएको छ ।
सहकारी, वैदेशिक रोजगार तथा धितोपत्र सम्बन्धी उजुरी छानबिन गर्न सञ्जय गौतमको नेतृत्वमा कार्यदल बनाइएको छ । खेलकुद, नेपाल स्काउट र गैरकानूनी सरकारी जग्गासम्बन्धी उजुरी छानबिनका लागि देवप्रसाद तिमल्सिनाको नेतृत्व रहेको कार्यदल बनाइएको छ ।
त्यस्तै, स्वास्थ्य, क्रसर र केन्द्रीय अनुसन्धान व्युरोसम्बन्धी उजुरी छानबिनका लागि तारा लामाको नेतृत्व रहेको कार्यदल बनाइएको छ ।
बैठकले समितिमा प्राप्त भएका थप १६ उजुरी र आगामी दिनमा प्राप्त हुने उजुरीको स्क्रिनिङ गर्ने जिम्मा सञ्जय गौतम नेतृत्वको पुरानै समितिलाई दिएको छ । उक्त समितिले छानबिन गर्न सिफारिस गरेका उजुरीलाई कार्यक्षेत्रका आधारमा अहिले बनेका कार्यदलमै छानबिनका लागि पठाइनेछ ।
बैठकले पोखरा विमानस्थल, भैरहवा विमानस्थलमा भएको भ्रष्टाचार छानबिन गर्न बनाइएको समितिलाई १५ दिनभित्र प्रतिवेदन पेस गर्न निर्देशन दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियसभाको बैठक आइतबार बस्दै, यस्ता छन् सम्भावित कार्यसूची
-
जलवायु परिवर्तनले हिमनदीमा प्रभाव पर्दा खानेपानी र जलविद्युतमा असर परिरहेको छ : मन्त्री यादव
-
आईपीएलबाट गायब भएका ५ टिमको कथा
-
भ्रम, अन्योल र अबुझपन चिर्ने कविताको शक्ति
-
न्यायाधीश डा. आचार्यद्वारा लिखित ‘नेपाली दुष्कृति कानुन टिप्पणी’ पुस्तक प्रकाशित
-
वाइसिएलले कर्णालीको प्रदेश सम्मेलन रुकुममा गर्ने