सम्झौताको १० महिनापछि पुल निर्माण सुरु
शुक्रबार, ०८ चैत २०८१, ११ : २६

तनहुँ । भिमाद नगरपालिका–५ र ६ जोड्ने बुढुवाखोलामा पक्की पुल निर्माण सुरु भएको छ । सम्झौता भएको दश महिनापछि पक्की निर्माण सुरु भएको हो ।
पुल रु दुई करोड ५९ लाख ५७ हजारमा विसं २०८१ जेठ २० गते १८ महिनामा निर्माण सम्पन्न गर्नेगरी जिल्ला पूर्वाधार विकास कार्यालय र निर्माण कम्पनी दीपज्योति शर्मा जेभीबीच सम्झौता भएको थियो ।
विसं २०८२ मङ्सिर २० गते निर्माण सम्पन्न गर्ने सम्झौता भएको छ । पुल निर्माणको शिलान्यास बिहीबार गण्डकी प्रदेशसभा सदस्य जितप्रकाश आलेले गरे ।
शृङ्गपथअन्तर्गत पर्ने उक्त पुल निर्माण भएपछि तनहुँसहित पाल्पा, नवलपुर र स्याङ्जा आवागमन सहज हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बनेपा उपमेयर कप महिला भलिबलको उपाधि ललितपुरलाई
-
पत्रकार मञ्चद्वारा १५ जना पत्रकारलाई पुरस्कार तथा सम्मान
-
७७ ओटै जिल्लामा नयाँ शैक्षिक सत्रका लागि पाठ्यपुस्तक पुग्यो
-
आयोगको पदाधिकारी सङ्क्रमणकालीन न्यायको मर्म बुझेको व्यक्ति होस् : उपमहासचिव ज्ञवाली
-
जब जलेश्वरी श्रेष्ठको नागरिकता सरकारी कार्यालयमा चलेन
-
नागरिकको आवश्यकतालाई सम्बोधन गर्नुपर्छ : सभापति बानियाँ