२४ घण्टाका लागि किन बन्द भयो लन्डनको हिथ्रो विमानस्थल ?
शुक्रबार, ०८ चैत २०८१, ११ : १३

लन्डन । शुक्रबार लन्डनको हिथ्रो विमानस्थल बन्द रहने भएको छ । विमानस्थल नजिकै रहेको विद्युतीय सबस्टेशनमा भीषण आगलागी भएपछि विमानस्थल २४ घण्टाका लागि बन्द गर्न लागिएको हो ।
आगलागीका कारण विमानस्थलमा ठुलो मात्रामा विद्युत् आपूर्ति अवरुद्ध भएको विमानस्थलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ‘हाम्रा यात्रु र सहकर्मीहरूको सुरक्षा कायम राख्न हिथ्रोलाई २१ मार्चको राति २३ः५९ बजेसम्म बन्द राखिनेछ,’ विज्ञप्तिमा भनिएको छ ।
‘यात्रुहरूलाई विमानस्थलमा नजान र थप जानकारीको लागि आफ्नो एयरलाइन्सलाई सम्पर्क गर्न सल्लाह दिइन्छ । असुविधाको लागि हामी क्षमा चाहन्छौँ ,’ भनेर पनि भनिएको छ । हिथ्रो बेलायतको सबैभन्दा ठुलो विमानस्थल हो । यहाँ हरेक दिन लगभग १ हजार ३०० ले अवतरण गर्छन् र उडान भर्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधनलाई गम्भीर रूपमा लिइएन भने यो ‘पेन्डोराज् बक्स’ हुन सक्छ : प्रचण्ड
-
मौरी पालेर वार्षिक आठ लाखभन्दा बढी आम्दानी
-
सिंहदरबारमा मेलम्चीको खानेपानी जडान गरिँदै
-
पहलगाम हमला : नेपाल–भारत सीमा क्षेत्रमा कडा निगरानी
-
भुवनेश्वर कुमार बने आईपीएलमा दोस्रो सर्वाधिक विकेट लिने बलर
-
जेएनयू विद्यार्थी संघ चुनाव: अध्यक्ष सहित तीन पदमा वामपन्थी विजयी