बुधबार, १३ चैत २०८१
ताजा लोकप्रिय

वसन्तपुर स्थित नेपाल संस्कृत विश्व विद्यालयले प्रयोग गर्दै आएको जीर्ण भवन भत्काइयो

शुक्रबार, ०८ चैत २०८१, १० : ५४
शुक्रबार, ०८ चैत २०८१

काठमाडौँ । वसन्तपुर डबलीमा रहेको नेपाल संस्कृत विश्व विद्यालयले प्रयोग गर्दै आएको जीर्ण भवन भत्काइएको छ । २०७२ सालको भूकम्पपछि भवनको बाहिरी र भित्री गाह्रो चर्किएर ढल्किएकोले थप क्षति हुन नदिन टेको लगाएर अड्याइएको सो भवन भत्काइएको हो ।

 २०७९ फागुन ११ मा बसेको महानगरपालिकाको १३ औँ कार्यपालिका बैठकले उपप्रमुख सुनिता डङ्गोलको संयोजकत्वमा समिति बनाएर सो जीर्ण भवन भत्काउन सिफारिस गरेको थियो ।

त्रिभुवन विश्वविद्यालय केन्द्रीय विद्यार्थी हित शाखाका नाममा कायम सो भवन संस्कृत विश्वविद्यालयले प्रयोग गर्दै आएको थियो ।

जीर्ण बन्दै गएको सो भवन भत्किएर सम्भावित क्षति हुन सक्ने भन्दै भत्काउन थालिएको हो । तस्बिर : नेपाल फोटो लाइब्रेरी 

DSC02174DSC02185

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप